६ वैशाख २०८१ बिहीबार
अर्थ

शेयर बजारः दोहोरो अङ्कले घट्यो

काठमाडाैं– लगातार ओरालो लागेको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.३६ बिन्दुले घटेर एक हजार २५८.२७ मा पुगेको छ। ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ बिन्दुले घटेर २६९.९७ अङ्कमा पुगेको छ। नेप्से परिसूचक घटेपनि कारोवार रकममा भने सामान्य वृद्धि भएको छ। कूल १७४ कम्पनीको १४ लाख ७३ हजार ८०८ कित्ता शेयर ४७ करोड २५ लाख २० हजार ८११ रुपैयाँमा खरीद बिक्री भएका छन्।

स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहकै शेयर ओरालो लागेको छ । बैंकिङ ७.१३, होटल २७.५७, विकास बैंक ११.९२, जलविद्युत् १०.८१, वित्त ६.७१, निर्जीवन बीमा १११.०३, उत्पादन ७.१३, लघुवित्त ३०.२, जीवन बीमा ३५.४५ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ। कारोवारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको प्रतिकित्ता ३२४ रुपैयाँको दरले दुई करोड ९५ लाख ८० हजार ५६४ रुपैयाँमा कारोबार भयो।

यस्तै शिवम् सिमेन्टको प्रतिकित्ता ६४६रुपैयाँमा दुई करोड ५५ लाख १६ हजार ५७८रुपैयाँ, सिद्धार्थ बैंक दुई करोड ५४ लाख ६६ हजार ७६८ रुपैयाँ, कृषि विकास बैंक प्रतिकित्ता ४०४ रुपैयाँमा एक करोड ८१ लाख ६७ हजार ६२१ रुपैयाँ र एनआइसि एशिया बैंकको प्रतिकित्ता ४५१ रुपैयाँमा एक करोड ६० लाख ९० हजार ९४० रुपैयाँ मूल्यमा शेयर खरीद बिक्री भए।

स्टकका अनुसार नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.७५ प्रतिशतले कमाए। यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ६.५९, गुराँस लघुवित्त वित्तीय संस्था ४.८९, हिमालयन ऊर्जा विकास कम्पनी ४.११, सपोर्ट माइक्रोफाइनाान्स वित्तीय संस्था ३.८३ र पञ्चकन्या माइ हाइड्रोपावर कम्पनीका शेयरधनीले २.६८ प्रतिशतले कमाए। यसैगरी महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ७.८७, विजय लघुवित्त वित्तीय संस्था ६.६०, आँखु खोला जलविद्युत् कम्पनी कम्पनी ६.२५, लक्ष्मी लघुवित्त वित्तीय संस्था ६.२०, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ५.९५, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था ५.७६ र मिथिला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.४२ प्रतिशतले गुमाए।

स्टकमा आज दुई कम्पनीको शेयर मूल्य समायोजना भयो। सगरमाथा इन्स्योरेन्स कम्पनीले ६८ प्रतिशत शेयर लाभांश प्रदान गरेपछि प्रतिकित्ता ६८१ रुपैयाँमा मूल्य समायोजन गरेको हो। कम्पनीको औसत बजार मूल्य एक हजार १५ रुपैयाँ रहेको छ। त्यस्तै गरी कामना सेवा विकास बैंकको पनि शेयर मूल्य समायोजन भएको छ। बैंकले १.५० प्रतिशत शेयर लाभांश प्रदान गरेपछि प्रतिकित्ता १६२ रुपैयाँमा मूल्य समायोजन भएको हो। बैंकको औसत शेयर मूल्य १६९ रुपैयाँ रहेको छ।

प्रकाशित: १ असार २०७६ १२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App