८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

क्लिन्टनको इमेल फेरि परीक्षण गरिने

क्यालिर्फोनिया–अमेरिकी सुरक्षा जाँच संस्था फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफविआई) ले अमेरिकी राष्ट्रपति निर्वाचनकालागि डेमोक्रयाटिक पार्टीकातर्फबाट उमेद्वार हिलारी क्लिन्टनको इमेलको परीक्षण फेरि सुरु गरिने बताएको छ।

एमबिआईका निर्देशक जेम्स कोमेले क्लिन्टनको इमेल फेरि परीक्षण गरिन लागिएको र यसबारे अमेरिकी संसदलाई जानकारी दिइसकिएको बताएका छन्।
उनले यस घटनाको अनुसन्धान गर्न  समय कति लाग्छ भन्न नसकिने र यसले विगतमा लुकेका वास्तविकतालाई बाहिर ल्याउनेमा आफू विस्वस्त रहेको बताएका छन्।

अधिकारीहरुले यस अनुसन्धानले नोभेम्बरमा हुने भनिएको राष्ट्रपतिय निर्वाचनमा केही असर पुरर्याउने बताएका छन्। यता हिलारी क्लिन्टनले भने विगतमा एफबिआइले जाँच गरेको इमेलमा फेरि परीक्षण गर्दा कुनै परिवर्तन नहुने बताएकी छन्।

 

प्रकाशित: १३ कार्तिक २०७३ ०५:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App