७ वैशाख २०८१ शुक्रबार
समाज

नक्कली सुन र डलरलाई सक्कली भन्दै ठगी गर्ने बाह्रबिसेका दुई पक्राउ

भक्तपुर– प्रहरीले भक्तपुरको साँगाबाट लुटपाटमा संलग्न २ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर, काठमाडौंले नक्कली डलर र नक्कली सुनलाई सक्कली भन्दै लुटपाटमा संलग्न रहेका सिन्धुपाल्चोक बाह्रविसेका जितबहादुर तामाङ र रामबहादुर तामाङलाई पक्राउ गरिएको हो।

काठमाडौंको थलीमा ८ लाख, कपनमा ७ लाख ठगी गरि भागेका उनीहरुलाई १५ लाख ठगी गर्न लागेको अवस्थामा आज बिहान भक्तपुरको साँगाबाट पक्राउ गरि कार्वाही प्रक्रियालाई अघि बढाइएको परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

पक्राउ परेका उनीहरुले काठमाडौंको नयाँ बसपार्क, बौद्ध क्षेत्रलाई मुख्य आधार क्षेत्र बनाई लुटपाट गर्दै आएको पनि प्रहरीले जनाएको छ।

प्रकाशित: १ असार २०७६ १०:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App