८ वैशाख २०८१ शनिबार
भिडियो

कोड भाषा प्रयोग गर्छन् पकेटमार, एक महिनामा ८२ पक्राउ

सांकेतिक तस्बिर

काठमाडौं– पाँचथरका नागेन्द्र लिम्बुको बालाजुको माछापोखरीमा गाडीबाट ओर्लदै गर्दा झोलामा भएको २ लाख रुपैयाँ लुटियो। सार्वजनिक सवारीमा पैसा लुटिने उनीजस्ता धेरै सर्वसाधारणहरु छन्। त्यस्तै अर्को घटना भएको थियो झापाका प्रशन्न घिमिरेको पनि। वेलुकी पशुपतीको आरती हेरेर फर्कने क्रममा गाडिमा एक्कासी भीड भयो र केही बेरमा खालि पनि भयो। तर, त्यसबीचमा उनले आफ्नो पर्स पाकेटमारले लुटिसकेको थियो।

काठमाडौंका सार्वजनिक यातायातमा भीडभाडको मौका छोपेर पाकेट मार्ने घटना नौलो होइन। यात्रुको मोवाइल,पर्स बढि लुटिने गरेको प्रहरीको तथ्यांक छ। यसमाझ प्रहरीले पाकेटमार नियन्त्रण अभियान नै चलाएको छ, जसमा ८२ पाकेटमार पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार पाकेटमार्ने घटना बढेपछि प्रहरीले अभियान नै चलाएर प्रहरीले यातायात व्यवसायीसँगको समन्वयमा सादा पोसाकका प्रहरी परिचालन गरेको थियो।  विभिन्न रुटमा चल्ने सवारी साधनमा परिचालित प्रहरीले यो १ महिनाको अवधिमा पाकेटमारको ठूलो गिरोह पक्राउ गरेको हो।

यो अभियानले धेरै चोरीको घटना नियन्त्रण आउने बोगटीले बताए। ‘चोरीको घटना धेरै नियन्त्रणमा आएको छ’ उनले भने ‘४/५ जनाको समूह बनाएर लुटने गरेको पाइएको छ।’

प्रहरीका अनुसार यस्ता गिरोह नै सक्रिय भएर सार्वजनिक यातायातमा लुटपाट गरिएको पाइएको छ। यस्तै एक महिने अभियान नै चलाएर विभिन्न सांकेतिक भाषाको प्रयोग गरेर लुटपाटमा संलग्न ८२ जनालाई प्रहरीले पक्राउ गरेको छ,जसमा ७८ पुरुष र ४ महिला रहेका छन्।

पछिल्लो समय सार्वजनिक यातायातमा चोरीको घटना बढेपछि जेठ १ गतेदेखि ३२ सम्म प्रहरीले पकेटमार नियन्त्रण अभियान नै चलाएको हो।

यसरी हुन्थ्यो चोरी

पाकेटमारहरुले २/२ जनाको समूह बनाइ विभिन्न बस स्टेसनबाट बसमा चढ्ने र पैसा भएको यात्रु पहिल्याइ घेराबन्दी र ठेलमठेलको अवस्था सिर्जना गरेर यात्रुबाट पर्स, मोवाइल, सुनचाँदी चोरी गर्ने गरेको प्रहरीको भनाइ छ। संकेतिक भाषाको प्रयोग गरेर कुन यात्रुलाई कसरी लुट्ने भन्ने योजना बनाउँथे र त्यही माहोल सिर्जना गरेर यात्रु लुट्ने गरेका थिए। चोरी पछि उनीहरु फेरी छुट्टाछुट्टै समूह बनाइ ओर्लिने गर्थे।

सांकेतिक भाषाको प्रयोग

पाकेटमारले चोरीको क्रममा छुट्टै सांकेतिक भाषाको प्रयोग गर्ने गर्थे। उनीहरुले प्रयोग गर्ने भाषाः

पैसा–द, मोवाइल - कान, पकेटमारी पीडित - रामे, पकेटमारी गर्ने (मास्टर) - काशी, पैसा धेरै छ - टानको द  पैसा थोरै छ जुटको द , गाडी -कांचा,

केटा - छापा, केटी -भद्रि, पुलिस आयो  ठ"ल्दाई आयो, ड्राईभर - माम,  खलासी- मले, गाडीवाट झरेर भाग-  टप्की, गाडी भित्र अगाडि सर - अकल जा, गाडी भित्र पछाडि सर - चिछल जा

 

प्रकाशित: १ असार २०७६ १०:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App