coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ट्याक्टरको ठक्कर पैदल यात्रीको मृत्यु


महेशकुमार दास

महोत्तरी–ट्याक्टरको ठक्करबाट सहोडवा– ६ की ४० वर्षीया अरुणा देवी झाको मृत्यु भएको छ। जनकपुरबाट पिपरातर्फ आउँदै गरेको ज १ त ३१९४ नम्वरको ट्याक्टरले झालाई पदैल घर गई रहेको अवस्था ठक्कर दिएको थियो।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी झालाई उपचारकालागि जनकपुर जानकी हेल्थ केयरमा लगिएपनि त्यहाँ उपचार सम्भव नदेखिएपछि न्युरो अस्पताल बिराटनगर पुर्याइएपछि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। महिला झालाई ठक्कर दिने ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान कारवाही सुरु गरेको प्रहरी प्रमुख एसपी जनक भट्टराईले बताए।

 

प्रकाशित: १३ कार्तिक २०७३ ०५:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App