coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मन्त्रीको फेसबुक लाइभमा क्याट फिल्टर अन भएपछि...

इस्लामावाद : पकिस्तानको खैवर पख्तुनख्वामा शनिवार सूचना प्रसारण मन्त्रीले फेसबुकमा लाइभ प्रशारण गरिरहेका थिए। त्यती नै बेला गल्तीले क्याट फिल्टर अन भयो र उनको अनुहार बिरालोको जस्तो देखिन थाल्यो। यसपछि उनी सोशल मिडीयामा ट्रेल बन्न पुगे। सबैले मौका छोपेर उनको खुलेरै मजाक उडाउन थाले।

खासमा सूचना मन्त्री शौकत युसुफजइले प्रान्तीय एसेम्बलीले गरेको निर्णय बारे जानकारी दिनका लागि पत्रकार सम्मेलन बोलाएका थिए। फेसबुक लाइभ शुरु हुना साथ सोशल मिडियाको टिमद्धारा क्याट फिल्टर एक्टीब भयो। पहिला मन्त्रीको अनुहार बिरालोको जस्तो देखिन थाल्यो त्यसपछि उनका साथीको अनुहारमा देखिन शुरु भयो। यसलाई देखिरहेका दर्शकले यसको स्क्रिनसट गरेर फेसवुक पेजमा सेयर गर्न थाले। मन्त्रीको सोशल मिडियाबाट गल्ती भएर खुलेको फिल्टरलाई केही समय पश्चात हटाइएको थियो। 

एक जना फेसबुक युजर्सले आफ्नो फेसबुक वालमा लेखेका छन् ‘खैवर पख्तुख्वाको सरकारको सोशल मिडिया टिमका अनुसार, हाम्रो केबिनेटमा एउटा बिरालो पनि छ।’ यस्तै अर्का फेसबुक युजर्स लेख्छन् ‘क्युटेस्ट पोलिटिसियन।’ यस्तै रोशन राय नामका एक युजर्सले लेख्छन् ‘फिल्टरलाई हटाउ मन्त्री बिरालो बनिरहेका छन्।’  

 

प्रकाशित: १ असार २०७६ ०८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App