coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पत्रकारलाई पचास प्रतिशत छुट

मुगु– मुगुको एक यातायात प्रालीले जिल्लास्थित कार्यरत पत्रकारहरुलाई आफना सवारी साधनहरुको भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

मुगु जिल्ला प्रधान कार्यालय रहेको रारा छायाँनाथ यातायात प्रालीको प्रथम साधारण सभामा जिल्लामा कार्यरत कृयाशिल पत्रकारहरुले आफना सवारी साधनहरुको प्रयोग गरे भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।

प्रालीको शुक्रवार उदघाटन भइ शनिवार सम्पन्न भएको प्रथम साधारण सभाले पत्रकारहरुलाई यस्तो छुट दिने निर्णय गरेको  हो। पत्रकारहरु आफैमा आर्थिक सम्पन्न नहुने र समाचार संकलनका लागी हरेक ठाँउ बस्तिमा जानु पर्ने भएकाले उनीहरुको समस्यालाई मध्यनजर गरेर आफना हरेक रुटमा चल्ने साना तथा ठुला सवारी साधनहरुको भाडामा पत्रकारहरुलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको नव निर्वाचित अध्यक्ष नबराज चौलागाईले जानकारी दिए। छुटका लागी प्रा.ली ले पत्रकारहरुलाई छुटटै परिचय पत्रको व्यवस्था गर्ने र सोहीको आधारमा पत्रकारहरुले छुट पाउने छन्।

प्रथम साधारण सभाले नवराज चौलागाईको अध्यक्षतामा ११ सदस्यीय संचालक समिती चयन समेत गरेको छ। प्रालीले गरेको निर्णयलाई स्वागत गदै पत्रकार महासंघ मुगु शाखाले छुट कुनै पनि अनैतिक कार्यको स्वार्थसंग सम्झौता नहुने सर्तमा ग्रहण गर्ने पत्रकार महासंघका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बताएका छन्। रारा छायाँनाथ यातयात प्राली साविकको कर्णाली अंचलमा कम्पनी रजिष्टारको कार्यालयमा यातायात सेवा दिने भनी दर्ता हुने पहिलो संस्था हो।

प्रकाशित: १ असार २०७६ ०७:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App