भूमिहिनले भोगचलन गरेको जग्गाको लालपूर्जा उपलब्ध गराउन सुझाव

आइतबार, ०१ असार २०७६, १२ : ३३ नागरिक

काठमाडौं- विज्ञहरुले भूमिहिनहरुलाई उनीहरुले भोलचलन गर्दै आएको जग्गाको लालपूर्जा तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव दिएका छन।

भूमि अधिकारकर्मी जगत देउजाले वर्षौदेखि भोगचलन गर्दै आएका भूमिहिनहरुलाई सो जग्गाको लालपूर्जा तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव दिए। आईतबार सिंहदरबारमा बसेको संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धि विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सुकुम्बासी समस्या समाधान गर्न पनि भूमिहिनहरुले भोगचलन गर्दै आएको जग्गा उनीहरुलाई दिन उचित हुने तर्क पनि गरे। त्यसैगरी देउजाले मोहियानी हक सुनिश्चित गर्न छुट्टै आयोगको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

भूमि तथा सहकारी विज्ञ केशव बडालले संविधानको मौलिक हकमा भूमिहिन किसानहरुलाई तत्काल जग्गा उपलब्ध गराउने व्यवस्था गरेको उल्लेख गर्दै त्यसलाई सुनिश्चित हुने गरी कानुन बनाउन सरकारसँग आग्रह गरे। उनले कुनै पनि बहानामा भूमिहिनहरुको संवैधानिक अधिकार कटौति गर्ने काम नगर्न पनि सरकार र संघीय संसदलाई सचेत गराए। मनमोहन अधिकारी नेतृत्वको तत्कालीन सरकारले गठन गरेको उच्चस्तरीय भूमि सुधार आयोगका अध्यक्ष समेत रहेका बडालले जग्गाको हदबन्दी तोक्ने काममा ढिलाई गर्न नहुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

विज्ञहरुले संघ, संस्थाको नाममा भोग चलनका लागि लिइएको जग्गा व्यक्तिले उपयोग गरिरहेको उल्लेख गर्दै त्यस्ता जग्गा पनि मातहतमा ल्याउन सरकारसँग माग गरेका थिए।  

 

 






यसमा तपाईको मत

अन्य समाचार

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (NIBL)ले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ। ...

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हरेक मानिसको फिंगरप्रिन्ट बेग्ला बेग्लै भएजस्तै कुकुरको पनि नाकको छाप बेग्ला बेग्लै हुनेगर्दछ । ...

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा शैक्षिक मेला सम्पन्न भएको छ। इक्यान शैक्षिक मेलाको १३ औ संस्करणलाई साठी...

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

सिप्रदी ट्रेडिङ्ग प्रा. लि तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक ल्युब्रिकेन्टस्को डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ। ...

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

हङकङ, युएई र जोर्डनमा मेगा रेमीटको सञ्जाल विस्तार गरिएको हो। ...

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

जीवन बीमा सेवाको अतिरिक्त अन्य सेवासुविधा विस्तार गरी ग्राहकसेवा केन्द्रित योजना संचालन गर्ने क्रममा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. ले...

सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमलाई रु एक लाख  हस्तान्तरण

सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमलाई रु एक लाख हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा मानव सेवा आश्रमलाई सिटी एक्सप्रेस फाउन्डेशन द्वारा रु एक लाख हस्तान्तरण। ...

एभरेस्ट एडद्वारा वृद्धाश्रमलाई सहयोग

एभरेस्ट एडद्वारा वृद्धाश्रमलाई सहयोग

एभरेस्ट एड एन्ड इभेन्ट म्यानेजमेन्टले कम्पनीको तेस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ। ...