५ वैशाख २०८१ बुधबार
अन्तर्राष्ट्रिय

अत्याधिक गर्मीले ७१ को मृत्यु

एजेन्सी - भारतमा अत्याधिक गर्मीले ७१जनाको मृत्यु भएको छ। विहार प्रान्तमा अत्याधिक गर्मीले उनीहरूको ज्यान गएको बीबीसीले जनाएको छ। बिहारको औरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादामा १३ गरी ७१ जनाको ज्यान गएको जिल्ला अस्पतालले जनाएको छ।

राज्य सरकारका प्रधान सचिवले उनीहरुको ज्यान जानुको कारणबारे अध्ययन गरेपछि मात्र सार्वजनिक गरिने बताएका छन् ।राज्य सरकारले ज्यान गुमाएकाका आफन्तलाई ४÷४ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको छ ।

विहारमा ज्वरोको कारण शनिबार मात्रै झण्डै २० जना बालिबालिकाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । बिहार सरकारले भने यसको पुष्टि गर्न बाँकी रहेको समाचारमा उल्लेख छ ।

प्रकाशित: १ असार २०७६ ०६:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App