८ वैशाख २०८१ शनिबार
समाज

गाउँ स्तरमा पाश्र्वचित्र

रसुवा - कालिका गाउँपालिकाले सम्पूर्ण वस्तुगत विवरण समेटेर पाश्र्वचित्र निर्माण गरेको छ। पाश्र्वचित्रले वस्तुगत विवरणका आधारमा प्राथमिकता निर्धारण गरी वास्तविक आवश्यकता र जनताको चाहनामा आधारित कार्यक्रम सञ्चालन गर्न तथा भविष्यका लागि पूर्वतयारी गर्न सहयोग पुग्ने गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए।

पाश्र्वचित्रभित्र गाउँपालिकाको जनसंख्या र चौतारादेखि सरकारी कार्यालयसम्मको जानकारी समेटिएको छ ।

गाउँपालिकाको पाश्र्वचित्र गाउँपालिकाका प्रत्येक कार्य तथा सम्बन्धलाई प्रत्यक्ष तथा परोक्ष रूपमा प्रभाव पार्ने ऐना भएकाले निर्माण गरिएको उपाध्यक्ष न्योपानेको भनाइ छ। उनका अनुसार गाउँ वा समाज र व्यक्तिका हरेक आवश्यकताको परिपूर्ति वा योजना निर्माण, कार्यान्वयन तथा पृष्ठपोषण र कार्य सम्पादन मापनका लागि पाश्र्वचित्र आवश्यक पर्छ। डिजिटल टेक्नोलोजी एन्ड कन्सल्टेन्सी प्रालि र तेजिलो सचेतना समाज नेपालले पाश्र्वचित्र निर्माण गरेका हुन्। परम्परागत रूपमा निर्माण गरिने पाश्र्वचित्रभन्दा हालको पाश्र्वचित्र फरक रहेको कन्सल्टेन्सीका प्रबन्धक प्रेमप्रसाद पौडेलले बताए।

अनलाइनमा आधारित अद्यावधिक सिस्टम बनाउँदै र सुधार गर्दै जाँदा पाश्र्वचित्र निर्माणमा ढिलाइ हुन पुगेको हो। पाश्र्वचित्रमा प्रत्येक घरपरिवार, त्यसमा रहेका व्यक्ति कहाँ छन् ? के गर्दै छन् ? कहिले र कहाँ जन्मिए ? उनीहरूको सिप र दक्षता कस्तो छ ? भनेर सम्पूर्ण विवरण अनलाइनसहित छुट्टै किताबमा डाटाबेस तयार पारिएको छ।
पाश्र्वचित्रभित्र गाउँपालिकाको जनसंख्या र चौतारादेखि सरकारी कार्यालयसम्मको जानकारी समेटिएको छ। यो गाउँपालिकाको जनसंख्या ११ हजार ३ सय ९३ रहेको छ। स्थानीय तहको निर्वाचनपछि जिल्लाको उत्तरगया र आमाछोदिङ्मो गाउँपालिकाले यसअघि नै पाश्र्वचित्र निर्माण गरिसकेका छन् भने गोसाइँकुण्ड र नौकुण्ड गाउँपालिकाको पाश्र्वचित्र निर्माण हुन बाँकी छ।

प्रकाशित: १ असार २०७६ ०१:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App