७ वैशाख २०८१ शुक्रबार
राजनीति

भू–माफियाको चलखेलबाट विधेयक ल्याइयो

मकवानपुर - मकवानपुरमा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भू–माफियाको चलखेलका कारण वर्तमान सरकारले गुठी विधेयक ल्याएको आरोप लगाएका छन्। शनिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा उनले गुठियारसँग छलफल नगरी धर्म, संस्कृतिमा समन्वय गरेर बसेकालाई नियन्त्रण गर्न खोजेको दाबी गरे।

उनले भने, ‘यत्ति बिगाहा जग्गा लिन सकिन्छ भनेर भू–माफियाले सरकारलाई घुमाएको छ।’ केपी शर्मा ओली नेतृत्वको सरकार संघीयता कार्यान्वयनमा समेत अलमलमा रहेको उनले बताए। परिस्थितीमा संघीयता र मनस्थितीमा जनवादी केन्द्रीयता रहेकाले प्रदेश सरकारलाई राम्ररी अधिकार, बजेट, कर्मचारी नदिएको उनको भनाइ थियो।

प्रकाशित: १ असार २०७६ ०१:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App