बेस–क्याम्प नपुगी हिमाल आरोहण प्रमाणित

आइतबार, ०१ असार २०७६, ०६ : ५२ भुवन शर्मा

काठमाडौं - ६ हजार पाँच सय मिटरभन्दा माथिका हिमाल आरोहण समूहमा लश्रजना सरकारी कर्मचारी सम्पर्क अधिकारी ९लियाजन अफिसर०को रूपमा जानुपर्ने व्यवस्था छ। सो व्यवस्थाअनुसार यो मौसममा ९८ कर्मचारी लियाजन अफिसर भई आरोहण दलमा पुगे तर तीमध्ये २२ जना कर्मचारीमात्रै बेस क्पाम्प पुगे। बाँकी बिरामी भएँ भन्दै बेस क्पाम्पबाटै फर्के।

लियाजन अफिसरले हिमाल आरोहणमा जाने समूह वा व्यक्तिलाई हिमाल आरोहण पूरा गरेको प्रमाणित गर्नुपर्ने हुन्छ। लियाजन अफिसरले प्रमाणित गरेपछि मात्रै सम्बन्धित व्यक्तिले हिमाल आरोहण गरेको कानुनी मान्यता पाउँछ। हिमाल आरोहण समूहबाट एकजना लियाजन अफिसरले दुई हजारदेखि तीन हजारसम्म डलर सुविधा पाउँछन्। यसबाहेक हिमाल आरोहण गर्ने समूहले उनीहरूलाई थप सुविधा दिने गर्छ। त्यसैले लियाजन अफिसर भई आरोहण दलमा जान सरकारी कर्मचारीहरूमा सोर्स–फोर्स र पहुँच लाग्ने गर्छ। अघिल्ला वर्षहरूमा झैं यस मौसममा पनि लियाजन अफिसरमा अवसर पाउने कर्मचारीहरूमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, अख्यियार दुरूपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालयजस्ता पहुँचवाला कार्यालयका कर्मचारी हाबी छन्। यसैगरी आधिकारिक टे«ड युनियनका अध्यक्ष, महासचिव, सदस्य, सत्तारूढ कर्मचारी संगठनका अध्यक्षलगायत पहुँचवाला कर्मचारी नेताहरू पनि लियाजन अफिसर भई हिमाल आरोहणमा पुगेका छन्।

सगरमाथा पोलुसन कन्ट्रोल कमिटी (एसपिसिसि)का अनुसार ९८ लियाजन अफिसरमध्ये २२ जना लियोजन अफिसरमात्र बेसक्याम्प पुगेका छन्। आरोहीलाई हिमाल आरोहण गरेको प्रमाणित गर्न कुनै वैज्ञानिक विधि छैन। हिमालको फेदमा बसी चुचुरोमा पुगेको प्रमाणित गर्नुपर्ने हुन्छ।

लियाजन अफिसर बाटामै बिरामी भए बीच बाटोबाटै फर्कन सक्ने व्यवस्था छ। यो व्यवस्थालाई दुरूपयोग गर्दै अधिकतर लियाजन अफिसर बेस–क्याम्प नपुगी फर्कने गर्छन्। ‘बीच बाटोमै लेक लाग्यो, बिरामी भएँ भनेपछि मानवीय कारणबाट पनि उसलाई फर्क भन्नुपर्ने हुन्छ,’ पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे भन्छन्, ‘बिरामी भएँ भनेको व्यक्तिलाई कसरी बेस क्पाम्प जाऔं भन्ने रु’ लियाजन अफिसरलाई पनि आरोहण दलका अन्य व्यक्तिलाईझैं चुचुरोमा पुग्ने अनुमति हुने घिमिरिले बताउँछन््। तर अधिकतर लियाजन अफिसरहरू आफूलाई शिखरमा लाने होइन, बेस–क्याम्प नै नपुगी फर्काउने ‘योजना’मा हुन्छन्।

यस मौसममा लियाजन अफिसर भई हिमाल आरोहण दलमा जाने सरकारी कर्मचारीहरूमा राष्ट्रपति कार्यालयका प्रल्हाद पुडासैनी प्रधानमन्त्री कार्यालयका प्रदीप श्रेष्ठ, विवेक घिमिरे, दीपेन्द्रराज अधिकरी, कानुन तथा न्याय मन्त्रालयका प्रकाश न्यौपाने, पर्यटन मन्त्रालयका केशव पोखरेल, सहकारी विकासका निर्माण कार्की, अख्तियारका कमलप्रसाद मिश्र, तीर्थ चापागाईसहित विश्ववन्धु रेग्मी, हरिबहादुर राउत, पुन्य ढकाल, भोला पोखरेल, रोशनी कार्की, गणेश गुरुङ, उत्तम दवाडी, विनोद गौतमलगायत छन्।

आरोहण दलमा सहभागी अन्य लियाजन अफिसहरूमा सुरेन्द्र अधिकारी, लक्ष्मी आचार्य, कमलराज श्रेष्ठ, गणेश गुरूङ, हरिकष्ण फुयाँल, चन्द्र अधिकरी, कृष्ण दाहाल, नमराज वाग्ले, ज्ञानेन्द्र श्रेष्ठ, निराजन मिमिरे, प्रमोद नेपाल, विमल ज्ञवाली, गोविन्द न्यौपाने, धनकुमारी गुरागाई, प्रदीप पौडेल, भीम पन्थी, तुलसीनाथ गौतम, नारायण खत्री, मिरा आचार्य, झंककुमार खत्री, रामप्रसाद भूषाल, दीपक दाहाल, बलबहादुर कार्की, कमलराज श्रेष्ठ, रोशनी कार्की, तरुण राय, रचना प्रधान, नर्पु भोटे, चोकी शेर्पालगायत कर्मचारी छन्।

सगरमाथा पोलुसन कन्ट्रोल कमिटी ९एसपिसिसि०का अनुसार ९८ जना लियाजन अफिसरमध्ये २२ जना लियोजन अफिसरमात्र बेसक्याम्प पुगेका छन्। बेस–क्याम्प पुगेका लियोजन अफिसरहरूमा ज्ञानेन्द्र श्रेष्ठ, युवराज खड्का, शिव अधिकारी, घनश्याम कटुवाल, इन्द्रमाया पोखरेल, प्रदीपराज पौडेल, प्रमोद नेपाल, भीमप्रसाद पन्थी, रामप्रसाद भुषाल, रामेश्वर निरौला, मीरा आचार्य, दिवसबहादुर जिसी, अस्मिता भुषाल, विमल ज्ञवाली, सीता साम्बा, प्रदीप श्रेष्ठ, दीपककुमार थापालगायत छन्। बेस–क्याम्प हिँड्न गएका लियाजन अफिसरमध्ये तीर्थ चापागाई र विश्ववन्ध रेग्मी भने बीच बाटोमै बिरामी भई लुक्ला अस्पतालमा भर्ना भएका थिए। चापागाई र रेग्मीलाई हेलिकप्टरबाट उद्धार गरिएको थियो।

केही वर्षयता हिमाल आरोहण असुरक्षित हुन थालेको छ। हिमाल आरोहणमा जाने पर्वतारोहीहरू भने हिमाल आरोहणलाई सुरक्षित बनाउन लियाजन अफिसरहरू सजग हुनुपर्ने बताउँछन्। पर्यटन विभागले हिमाल आरोहणमा जाने लियाजन अफिसरले कम्तीमा आठ दिनको तालिमा लिनुपर्ने व्यवस्था गरेको छ। तर बेस–क्याम्पमा केहीबेर मात्रै बसेर फर्किएका एक लियाजन अफिसर भन्छन्, ‘आरोहीलाई हिमाल आरोहण गरेको प्रमाणित गर्न हामीसँग कुनै वैज्ञानिक विधि छैन। हिमालको तल फेदमा बसी चुचुरोमा पुगेको प्रमाणित गर्नुपर्ने हुन्छ।’ आरोहणमा जाने व्यक्तिले चुचुरोमा नपुगी प्रविधिबाट चुचुरोमा पुगेको फोटो मिलाउन पनि सक्ने उनको अनुमान छ। उनले भने, ‘फोटोलाई आधार मानेर हिमाल आरोहण गरेको प्रमाणित गर्नु त्यति वैज्ञानिक हुँ्दैन। चुचुरोमा पुगेको प्रमाणित हुने अरू वैधानिक विधि पनि अपनाउनु पर्छ।’

यता, हिमाल आरोहण असुरक्षित बन्दै गएको, लियाजन अफिसर बेस क्पाम्प नपुगी फर्कने गरेको जस्ता गुनासो आउन थालेपछि सरकारले यी विषयमा खोजबिन गरी हिमाल आरोहणलाई सुरक्षित बनाउन पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्ययको नेतृत्वमा एउटा कमिटी गठन गरेको छ। सो कमिटीले काम गरिरहेको स्रोतको भनाइ छ।

६ सय ४४ चुचुरोमा
पर्यटन विभागका रामेश्वर निरौलाका अनुसार यस मौसममा सगरमाथा आरोहणको अनुमति लिएका एक हजार २४ जनामध्ये ६ सय ४४ जना सगरमाथाको चुचुरोमा पुगेका छन्। विभागका अनुसार यस मौसममा सगरमाथाको चुचुरोमा पुग्ने नेपालीहरूमा निसा भोट, लक्ष्मण सापकोटा, गोपाल श्रेष्ठ, खिमलाल गौतम, रविन कार्की, दावाजंग शेर्पा, रोहितकुमार श्रेष्ठ, पासाफुटी शेर्पा, कुमारी ज्ञानमाला रनपल, फुरदिकी शेर्पा, निमा डोमा शोर्पा, कान्छी डोल्मा हेल्मो, लीलाबहादुर बस्नेतलगायत छन्।

पर्यटन विभागले यस मौसममा ३८ समूहलाई हिमाल आरोहण गर्न अनुमति दिइएको थियो। त्यसमध्ये ३३ समूहले सगरमाथाका लागि अनुमति लिएका छन्। बसन्त ऋतुमा सगमाथा, ल्होत्से, कञ्चनजंघा, अन्नपूर्णलगायत हिमाल आरोहणको मुख्य गन्तव्य मानिन्छ भने शरद ऋतुमा मनास्लुलगायत हिमाल आरोहण हुनेगर्छ। विभागका अनुसार हिमाल आरोणमा जाने समूह÷व्यक्तिले २० देखि ७५ दिनसम्म्म लगाउने गर्छन्।





यसमा तपाईको मत

अन्य समाचार

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

Ncell Footer Ad