गोकुल बाँस्कोटालाई असनको साँढे र स्वयम्भुको बादर भनेपछि...

शनिबार, ३२ जेठ २०७६, २१ : ४२ नागरिक

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गुठी विधेयकको विरोध गर्नेलाई सामन्तवाद भनेको केही दिनपछि सत्तारुढ दलकै सांसद रामवीर मानन्धरले संचार मन्त्रीलाई असनको साँढे र स्वयम्भुको बादरको संज्ञा दिएका छन्। गुठी संस्कृतिलाई सामन्तवाद भनेको भन्दै सांसद मानन्धरले मन्त्री बाँस्कोटाको राजीनामा माग गरेका छन्।

शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले गुठी विधेयकको विरोधमा सडकमा ओर्लिएका जनताको माग सम्बोधन गर्नुको सट्टा मन्त्री बाँस्कोटाले आगोमा घ्यु थप्ने अभिव्यक्ति दिएको भन्दै राजीनामा माग गरेका हुन्।

मन्त्री बाँस्कोटाको भनाईले गुठी संस्कृतिको अपमान गरेको, धर्म र जातबीच लडाई गराउन खोजेको भन्दै उनले अपमान गर्ने विभागिय मन्त्री र सरकारका प्रवत्ताको दिनगन्ती सुरु भएको चेतावनी दिए। उनले भने ‘मन्त्रीहरुको दिनगन्ती सुरु हुन्छ। याद गर्नुहोस्। गणतन्त्रको पनि दिनगन्ति सुरु हुन्छ कि भन्ने हाम्लाई चिन्ता लागिरहेको छ।’

सांसद मानन्धरले सरकारले गुठी विधेयक फिर्ता नलिए काठमाडौंमा आन्दोलन चर्काउने चेतावनी दिए। उनले विधेयक फिर्ताको विषयलाई सरकारको प्रतिष्ठासँग जोड्ने काम भयो भने त्यसले सरकारलाई नै नोक्सान पुर्याउने दाबी गरे। उनले २ सय ४० वर्षे  राजतन्त्रलाई फाले जस्तै जनताले यो सरकारलाई पनि फाल्ने चेतावनी दिए।

‘मन्त्री पद्मा अर्यालले पनि यो कुरा बुझ्नुपर्छ। सुन्नुपर्छ। फेबदल गरेर कसैको इज्जत र जात जादैन। जात र इज्जतको लागि गर्या हो भने गर्नुहोस्। केही फरक परेन तर त्यो जात र इज्जत पनि यो देशबाट निकाला हुन सक्छ है फेरि। किनभने २ सय ४० वर्षको राजतन्त्रलाई निकाल्ने हामी जस्तै कार्यकर्ता हुन्। नेपाली जनता हुन्। त्यसकारण यसलाई ठूलो स्वरले भन्यो भन्ने नठान्नुहोला। यदि यो विधेयकबारे २ गते प्रधानमन्त्रीले केही बोलेनन् भने ४ गते हेर्नुहोला। फेरी पनि मैले दोहोर्याएर भने ४ गते पर्खेर बस्नोस्। ४ गते उपत्यकामा तपाई हामीले सोचेको जस्तो दिन हुनेछैन’ सांसद मानन्धरले भने।

थप जानकारीका लागि हेर्नुहोस भिडियो:





यसमा तपाईको मत

अन्य समाचार

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (NIBL)ले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ। ...

Ncell Footer Ad