coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सैन्य कारबाहीमा चार लडाकू मारिए

घाज्नी– अफगानिस्तानको घाज्नी प्रान्तको प्रान्तीय राजधानी घाज्नी शहरको बाहिरी इलाकामा रहेको बाङगोर क्षेत्रमा लुकेर बसेका तालिवान लडाकूविरुद्ध भएको सैन्य कारबाहीको क्रममा चार जना लडाकू मारिएका छन्।

प्रान्तीय गभर्नर प्रवत्ता आरेफ नुरी शनिबार सो जानकारी दिएका हुन। यस कारबाहीको क्रममा तालिबान लडाकूसँग रहेको हातहतियार बमहरु समेत बरामद गरिएको छ। यस कारबाहीको क्रममा सर्वसाधारण र सुरक्षाबलतर्फ भने कुनै हताहत नभएको जनाइएको छ। घाज्नी प्रान्तका केही भागमा सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस कारबाही कुनै पनि टिप्पणी गरेका छैनन।

प्रकाशित: ३२ जेष्ठ २०७६ ११:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App