coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

८५ वर्षको उमेरमा ग्राजुएसन!

वासिंटन– लेखक, स्तम्भकार तथा प्रिन्टङ डिजाइनको व्यवसायी अमेरिकी नागरिक साँउल इस्लरले ८५ वर्षको उमेरमा ग्राजुएसन गरेका छन्। युवा अवस्थामा गणित र विज्ञान विषयमा कमजोर भएका कारण उनले पढ्न छोडेका थिए।

ग्राजुएसन लिएपछि इस्लरले भने– ‘तपाईहरुलाई लाग्न सक्छ की मैले अब सिक्नुपर्ने केहि छैन, मैले आठ दशकमा धेरै समस्या झेलेको छु र केहि न केहि सिकेको पनि छु। आज मेरो पुरानो इच्छा पुरा भएको छ।’

दीक्षान्त समारोहमा अत्यन्तै खुसी देखिएका इस्लरको अनुभव सुन्न युवाहरु भेला भएका थिए। वरिपरि उपस्थित युवालाई उनले भने–‘मैले जीवनको हरेक क्षणमा केहि न केहि पाएको छु।  सुरुवातमा मैले एउटा विज्ञापन एजेन्सीमा काम गरेको थिए, त्यहीँ मैले डिजाइन सिके, काम शुरु गरे। आज म एक स्थापित ड्राफ डिजाइनर हुँ।’

‘म मेरो बुवा जस्तै वकील बन्न चाहन्थेँ, तर मेरो विज्ञान र गणित विषय कमजोर भएका कारण त्यो इच्छा पुरा भएन। पढाइ छोडेपनि मैले शब्दहरु खोज्ने र शब्दको परिभाषा विस्तार गर्ने कामलाई निरन्तरता दिइराखें यसले नै मलाई गतिशिल बनायो।’ इस्लरले भने।

६१ बर्ष लागेपछि ‘बुड बचर’ स्तम्भ लेख्न थालेका उनले अन्य अरु तीन उपन्यास समेत लेखेका छन्।

प्रकाशित: ३२ जेष्ठ २०७६ १०:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App