‘सेफ्टीक ट्याङ्की’ सफा गर्दा सात जनाको मृत्यु

शनिबार, ३२ जेठ २०७६, १५ : ५८ नागरिक

भारत– भारतको पश्चिमी क्षेत्रमा रहेको एउटा होटलको सेफ्टीक ट्याङ्की सफा गर्ने क्रममा सात जनाको मृत्यु भएको छ।

स्थानीय प्रहरीले आइतबार दिएको जानकारी अनुसार घटनामा होटलका मालिक पनि दोषी देखिएका छन्। गुजरात राज्यको भाडोडारा जिल्लामा शुक्रबार राती घटना भएको अधिकारीहरुले जनाएका छन्। उनीहरुले होटल मालिकले लापर्वाही गरेको पनि बताएका छन्।

मृत्यु हुनेमा ट्याङ्की सफा गर्न बोलाइएका चार जना मजदुर र उनीहरुलाई सघाएका होटलमै काम गर्दै आएका अरु तीन जना रहेको प्रहरीले जनाएको छ।

भारतमा हरेक बर्ष यस्तै घटनामा परी सयौँ मजदुरको मृत्यु हुनेगरेको छ। सफाईका लागि पर्याप्त श्रोत साधनको प्रयोग नगर्ने र लापर्वाही गरेकाले उनीहरुको मृत्यु हुने गरेको अधिकारीहरुले जनाएका छन्।

‘सुरुमा ट्याङ्कीमा एक जना पसेका थिए, उनी बाहिर निस्कन नसकेपछि अरु उनलाई निकाल्न भित्र गएका थिए, तर उनीहरु पनि निस्कन सकेनन्’ उद्धार कार्यको नेतृत्व गरेका भाडोडाराका अग्नी नियन्त्रण अधिकृत निकुन्ज आजादले भने।

सफाईकै लागि आएका चारै जना बाहिर आउन नसकेपछि होटलमा काम गर्ने अरु तीन जना गएका थिए। उनीहरु पनि बाहिर आउन नसकेको उनले बताए।

अहिले उनीहरु सवैको शब बाहिर निकालेर पोष्ट मार्टम गर्न पठाइएको आजादले जानकारी दिनु भएको छ। एएफपी








यसमा तपाईको मत

अन्य समाचार

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

एनसेलको दशैं अफर

एनसेलको दशैं अफर

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । ...

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

रेमिट कम्पनी वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ देखि नोभेम्बर १६सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने...

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकले एकै दिन सात शाखा उद्घाटन गरेको छ । ...

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघुबैंकिङ कार्यालय बूढीबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग...

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड मोटर कम्पनी र महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले संयुक्त रुपमा काम गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् । ...

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए५०एस प्रस्तुत गरेको छ। नयाँ ग्योलेक्सी ए५०एसमा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु समेटिएको...

Ncell Footer Ad