coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै उच्च

काठमाडौं - पछिल्लो केही दिन यता तराइ क्षेत्रमा बढिरहेको गर्मीको प्रभाव काठमाडौँ उपत्यकामा समेत परेको छ। शुक्रबार अधिकतम तापक्रम यो वर्षकै उच्च रहेको जनाइएको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनु्सार शुक्रबार ३३ दशमलव ५ डिग्री सेल्सियस रहेको थियो। काठमाडौंमा शनिबार बिहानको तापक्रम १९ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

शनिबार काठमाडौंको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । महाशाखाका मौसमविद् सुवास रिमालले अहिले चर्को घाम लागे पनि दिउँसोपछि आशिंक बदली भएर बेलुकीतिर उपत्यकाको थोरै ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको बताए ।

गएको ३ गते भैरहवाको तापक्रम ४१ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता घटेको तापक्रम हिजो भने ४२ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

प्रकाशित: ३२ जेष्ठ २०७६ ०७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App