७ वैशाख २०८१ शुक्रबार
खेल

दक्षिण अफ्रिकालाई ताहिरबाट आशा

लण्डन– दक्षिण अफ्रिका विश्वकपका चार खेलमा पराजित भइसकेको छ। विश्वकपमा सेमिफाइनलको यात्रा जीवितै राख्न पनि अफगानिस्तानविरुद्ध दक्षिण अफ्रिकालाई जित आवश्यक छ। त्यसका लागि इमरान ताहिरको जादुमयी स्पिन चल्नुपर्ने हुन्छ।

जारी विश्वकपमा चारै खेलमा ताहिर टोलीमा थिए। वेस्ट इन्डिजसँगको खेल वर्षाले रोकिँदा अन्य तीन खेलमध्ये दुई खेलमा भने ताहिरले विकेट लिएका थिए। इङ्ल्यान्डसँगको खेलमा दुई विकेट लिएका ताहिरले बंगलादेशसविरुद्ध पनि दुई विकेट नै निकालेका थिए। भारतविरुद्ध भने ताहिरको बलिङ चल्न सकेन।

दक्षिण अफ्रिकाले जारी विश्वकपमा खराब नतिजा सामना गर्नु ताहिरसँगै अन्य खेलाडीको प्रर्दशन पनि हो। जारी विश्वकपका पाका खेलाडी ताहिर दक्षिण अफ्रिकाका मुख्य हतियार हुन्। उनै पाका खेलाडीको यस विश्वकपमा खासै जादुमयी बलिङ देखिएको छैन। ४० वर्षे ताहिर हाल आइसिसी एकदिवसीय क्रिकेटको बलरका वरीयतामा चौथो नम्बरमा छन्। 

दक्षिण अफ्रिकाका बलर उनले ९८ एकदिवसीय क्रिकेटमा १ सय ६२ विकेट लिएका छन्। क्रिकेट करियरमा तीन पटक पाँच विकेट लिएका छन्। एकदिवसीय क्रिकेटको आफ्नो करियरमा सबैभन्दा सफल बलिङ गर्ने क्रममा ताहिरले ४५ रन खर्चेर ७ विकेट लिएका छन्। कुल ९८ एकदिवसीय खेलमा ब्याटिङतर्पm भने ताहिरले १ सय ४६ रन मात्र बनाएका छन्। जसमा उनको सर्वाधिक व्यक्तिगत स्कोर २९ रन छ।

ताहिरसँग यसअघि दुई पटक विश्वकप क्रिकेट खेलेको अनुभव छ। सन् २०११ र ०१५ को विश्वकप क्रिकेट खेलेका ताहिर दक्षिण अफ्रिकी टोलीबाट जति सक्दो राम्रो गर्दै सुखद विराम गर्ने उद्देश्यमा रहेका छन्। ठम्याउनै कठिन हुने बलिङ गर्न सिपालु ताहिर विश्वकपमा सहभागी राष्ट्रका ब्याट्सम्यानका लागि चुनौति दिने राम्रा बलर हुन्।

त्यसैले पनि सबै ब्याट्सम्यान ताहिरविरुद्ध सजक भएर खेल्नेछन्। ताहिरको अन्तर्राष्ट्रिय खेल करियरको सुरुआत नै विश्वकपबाट भएको थियो। सन् २०११ को विश्वकपमा वेस्ट इन्डिजविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय खेलमा उदाएका थिए।  
 

प्रकाशित: ३२ जेष्ठ २०७६ ०६:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App