ओम अस्पतालमा दोस्रो दिन पनि तनाव

शल्यक्रिया गर्दा आन्द्रामा प्वाल परेपछि बिरामीको ज्यान गयो

शनिबार, ३२ जेठ २०७६, ११ : ३० पवित्रा सुनार

काठमाडौं - ओम अस्पताल चाहबिलमा बिरामीको मृत्युको विषयलाई लिएर भएको प्रदर्शन दोस्रो दिन पनि जारी रह्यो। शुक्रबार मृतकका आफन्तले दिनभर प्रदर्शन जारी राखेका हुन्। प्रदर्शनको क्रममा प्रहरीले प्रदर्शनकारीमाथि ढुंगामुढा गरेको छ। ढुंगामुढा प्रहारका कारण बिरामीका आफन्तलाई चोटपटकसमेत लागेको बताइएको छ। शान्तिपूर्ण प्रदर्शनमा अस्पतालले घुसपैठ गरी ढुंगामुढा प्रहार गर्न लगाएको उनीहरूको गुनासो छ।

गत शुक्रबार सोही अस्पतालमा पित्तथैलीको शल्यक्रिया भएकी सिन्धुपाल्चोक इन्द्रावती–१० की रामप्यारी थापाको मृत्यु भएपछि अस्पतालमा विवाद चर्किएको हो। मृत्युको दुई दिन बितिसक्दा पनि आफन्तले मृतकको शव बुझेका छैनन्। आफन्तका अनुसार थापाको गत शुक्रबार अस्पतालका डा. रविन कोइरालाले उनको लेजरथेरापीबाट शल्यक्रिया गरेका थिए। शल्यक्रियाको क्रममा उनको आन्द्रामा प्वाल परेकाले सेफसिस भएर बिरामीको मृत्यु भएको थियो।

मृतकका आफन्तले शल्यक्रियामा संलग्न चिकित्सक कोइरालालाई कारबाही हुनुपर्ने, मृतकका पति मुटुरोगी भएका र छोरा पढ्दै गरेकाले उनीहरूको औषधोपचार तथा शिक्षाको व्यवस्था गर्नुपर्ने र अस्पतालले अर्कोपटक यस्तो घटना दोहोरिन नदिने सम्झौता गर्नुपर्ने माग अघि सारेका छन्। अस्पतालले पीडितसँग वार्ता गर्नुपर्नेमा उल्टै दमन गरेको मृतकका बहिनीज्वाइँ खड्ग श्रेष्ठको आरोप छ। ‘अस्पतालमा यस्तो घटना भएको १९औं पटक भएको रहेछ, अब अरूमा यस्तो लापर्बाही नहोस् भन्न चाहन्छौं,’ उनले भने। क्षतिपूर्ति र कारबाही नभएसम्म प्रदर्शन जारी राख्ने उनीहरूले बताएका छन्।

अघिल्लो बिहीबार मृतक थापा मोटरसाइकल चढेरै अस्पताल पुगेकी थिइन्। घटनाको विषयमा अस्पतालका निर्देशक केपी देवकोटाले अस्पतालको तर्फबाट लापर्बाही नभएको दाबी गरे। घटनापछि अस्पताल तोडफोड भइसकेको अवस्थामा अबको विवाद प्रहरीले सुल्झाउने जवाफ दिए। उनले भने, ‘बिरामी पक्षले हामीलाई प्रत्यक्ष रूपमा गल्ती देखाउन सक्दैनन्, बाहिर मात्र यसरी प्रस्तुत भएका छन्।’

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad