८ वैशाख २०८१ शनिबार
अन्य

सभ्यता

किन यति फितलो भो सभ्य संसार हाम्रो
परजन किन राम्रो,  लाग्छ आफँै नराम्रो।
अब कति दिन उडने ? नक्कली प्वाँख जोडी
तनमन  त स्वदेशी वेशभूषा विदेशी !

परपर किन रोदी ? खैँजडी लाग्छ खोटो !
गुनिउँ पनि  हरायो  भिर्छ को आज भोटो ?
धङ्गधङ्ग डिस्को नाच्न कल्ले सिकायो ?
रसमय घर पोल्यो औ खरानी बिकायो ?सभ्यता
किन यति फितलो भो सभ्य संसार हाम्रो
परजन किन राम्रो,  लाग्छ आफँै नराम्रो।
अब कति दिन उडने ? नक्कली प्वाँख जोडी
तनमन  त स्वदेशी वेशभूषा विदेशी !

परपर किन रोदी ? खैँजडी लाग्छ खोटो !
गुनिउँ पनि  हरायो  भिर्छ को आज भोटो ?
धङ्गधङ्ग डिस्को नाच्न कल्ले सिकायो ?
रसमय घर पोल्यो औ खरानी बिकायो ?

चहलपहल नौलो सभ्यताले बढायो
समय जति  त खानेलाउनेमै बितायो !
मनमगज छ खोक्रो  बाहिरी भव्य बोक्रो
मलिन छ ऋषिवाणी धर्मसंस्कार थोत्रो !
तरतर पसिनाले कोट निथु्रक्क पार
 लुगलुग काम्दा पातलो वस्त्र– जाल
समयसित नहिँड्ने बन्छ पाखे– गँवार
अब मनन गरौ है सभ्यताको कमाल !

 

चहलपहल नौलो सभ्यताले बढायो
समय जति  त खानेलाउनेमै बितायो !
मनमगज छ खोक्रो  बाहिरी भव्य बोक्रो
मलिन छ ऋषिवाणी धर्मसंस्कार थोत्रो !
तरतर पसिनाले कोट निथु्रक्क पार
 लुगलुग काम्दा पातलो वस्त्र– जाल
समयसित नहिँड्ने बन्छ पाखे– गँवार
अब मनन गरौ है सभ्यताको कमाल !

 

प्रकाशित: ३२ जेष्ठ २०७६ ०४:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App