८ वैशाख २०८१ शनिबार
समाज

वातावरण संरक्षणका लागि देउसी भैलो

जुम्ला–बिग्रँदै गइरहेको वातावरण संरक्षणकालागि जुम्लामा देउसी भैलो सुरु भएको छ। कालिकोटको मान्मदेखि आएको रेडियो चंखेली श्रोता क्लबले वातावरण संरक्षणकालागि भन्दै जुम्लामा देउसी भैलो कार्यक्रमको आयोजना गरेको हो।

रेडियो चंखेलीका भरत सोनामले देउसी भैलो खेलेर संकलन भएको रकम वातावरण हरियाली वनाउन वृक्षारोपणमा लगाउने जनाए। उनका अनुसार वन जंगलको तिव्र विनासले नांगिएका डाडाकाडादेखि डर लाग्दो खेडेरीले सुक्दै गएका रुखविरुवाको संरक्षण प्रवद्र्धनका लागि रकम खर्च गरिने भएको हो।

देउसी भैलोको रकमले वन र वातावरणबारे सचेतनामुलक कार्यक्रम गरिने भएको छ। रेडियो श्रोता क्लबले दैलेख, अछाम, मान्मकालिकोट र जुम्लामा चार टोली बनाएर देउसी खेलेको हो। देउसी भैलोमार्फत वन र वातावरणकाबारेमा जानकारी दिने र दक्षिणा स्वरुप आएको रकमको सही सदुरपयोग हुने देखेर यस्तो प्रकारको देउसी भैलो खेल्न थालिएको उनीहरुले जनाएका छन्। पछिल्लो समयमा परम्परागत देउसी भैलोलाई मात्रै संरक्षण गर्ने नभई देउसी भैलोमार्फत सचेतनाका क्रियाकलाप हँुदै आएका छन्।

 

प्रकाशित: १३ कार्तिक २०७३ ०४:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App