६ वैशाख २०८१ बिहीबार
समाज

जमुवामा पर्यटकीय चहलपल

सप्तरी–सप्तरीको कोशीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा अवस्थित जमुवामा पर्यटकको चहलपहल हुन थालेको छ । गाउँमा होमस्टे सुरु गरिएसँगै स्वदेशी र विदेशी पर्यटक आउन थालेका होमस्टे व्यवस्थापन समितिका अध्यक्ष बिष्णुदेव चौधरीले बताए ।

कञ्चनरूप नगरपालिका–६ का ७ घरमा वर्ष दिन अघि होमस्टे शुभारम्भ गरिएको थियो । त्यहाँ एकैपटक चालिस जना बास बस्न सक्छन् । होमस्टेमा डबल बेड कोठाको तीन सय पचास रूपैयाँ पर्छ । अनि मांसाहारी खानाको दुई सय रूपैयाँ पर्छ । पर्यटकलाई थारु संस्कृति देखाइन्छ ।   

होमस्टेको प्रवद्र्धन गर्दै आएका संरक्षणकर्मी नन्दलाल माझी भन्छन्, ‘जैविक विविधतासँगै थारु संस्कृतिको स्वाद चाख्न जमुवा होमस्टे उपयुक्त छ ।’ होमस्टेमा बसेर कोशीटप्पु घुम्न सकिन्छ । टप्पु अर्ना र चराका लागि प्रख्यात छ । सरकारले ०२६ सालदेखि त्यहाँ अर्ना संरक्षण सुरु गरेको हो । आरक्षको क्षेत्रफल १७५ वर्ग किमि छ । आरक्षमा चार सय ४१ वटा अर्ना छन् । त्यसैगरी पाँच सय २६ प्रजातिका चरा ।

प्रकाशित: ३२ जेष्ठ २०७६ ०३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App