स्रष्टा

हातमा बन्दुक र हृदयमा कविता

शनिबार, ३२ जेठ २०७६, ०८ : ३७ नागरिक

चन्द्र रानाहँछा
‘हत्या कि
आत्महत्या थियो त्यो ?
इतिहास मौन छ
कोही बोल्दैन
वर्तमान शोकमा डुबेको छ ...’

प्रस्तुत कवितांश टोपबहादुर याक्खा अर्थात् टीबी याक्खाकृत कविताकृति ‘आँधी रोकिएपछि’मा संग्रहित कविता ‘हत्या कि आत्महत्या’बाट लिइएको हो। गम्भीर कवि एवम् चिन्तक धर्मेन्द्रविक्रम नेम्वाङलाई ‘वर्तमान नेपाली अन्तर्जागरणकाललाई महत्वका साथ पुष्टि गर्न नै याक्खाले यी कविता लेखेका हुन्’ जस्तो लाग्छ। कविता लेख्नु भनेको आगोसँग खेल्नु हो, आँधीभित्र छिर्नु हो। जो कविका निम्ति कम जोखिमपूर्ण छैन, यद्यपि जोखिम मलेरै याक्खा छिरे आँधीभित्र र आँधी रोकिएपछि लेखे सुन्दर कविताहरू।

‘पूरै घाम डुबाएर
हतारहतार फर्किरहेछ एउटा मजदुर
पूरै जून डुबाएर
हतारहतार फर्किरहेछ एउटा मजदुर
... रोटीको टुक्रा बोकेर
हतारहतार फर्किरहेछ एउटा मजदुर’
(यो सहरको खेती)

आञ्चलिक लवज छ कविको। भन्छन्, ‘हाम्रो कुरा हामीले लोखिङ्ना भने कसैले लेख्दैना।’ उनी आफैंमा सुन्दर कविताजस्तै लाग्छ। ३७ ऋतुअघि संखुवासभामा जन्मिएका हुन् उनी। संखुवासभा भन्नासाथ प्रिय गायक मित्र स्व. खेमराज गुरुङ आँखामा धपक्क उदाउँछन्, अनन्तकालसम्मलाई थोरै तर अमर सिर्जना र त्योभन्दा बढी विस्मात् हामीलाई सुम्पिराखेर उनी पृथ्वीको महादुःखहरूबाट उमेरमै सपनाजस्तो अलप भए। त्यही संखुवासभामा तिनै दुःखहरूलाई प्रेम गर्न उदाएका कवि टीबीको हालको कर्मथलो हङकङ छ।

हङकङमै रहेर कलम चलाइरहेका टीबी बोल्छन्, ‘यात्राको फेरो समातेर हामी जहाँसुकै जाङ, संसारमा जतासुकै पुगुङ, हामीले आफ्नो भाषा, साहित्य, संस्कार र संस्कृतिलाई आफूसँगै लैजान्छुङ र त्यसैको रङमा घोलेर त्यहाँँ बटुलेका अनुभव, ज्ञान, देखेभोगेका त्यहाँको समाज, राजनीति, मनोचिन्तना र उद्घाटित नवीन रहस्यहरूलाई साहित्यमा लेख्छुङ।’ यसरी कविको यात्रासँगै ठाउँ परिवेशको सापेक्षतामा सिर्जनाको पुनस्र्थापना हुने दाबी गर्दै उनी थप्छन्, ‘साहित्य भाषा तथा संस्कृतिको उच्च शिर हो, जसको जन्म सर्जकको संवेदनाको पिँधबाट हुन्छ र यसको अनुहार परिस्थितिअनुसार पृथक् हुन्छ।’

‘के गरी बित्दै छन् त
खाम्लिङे तामाङ दाइ
आजकल तिम्रा दिनहरू ?
कहाँ बिसायौ त तिम्रो
त्यो जिन्दगीको भारी ?
अनि कहाँ थन्क्यायौ त
तिम्रो जिन्दगी बोक्ने त्यो ढकार र तोक्मा ?’
(गाउँले दाइलाई प्रवासीको सम्झना)

कवितैकविताले लछप्पै हृदय भिजेका सैनिक कविलाई मानिसको टाउको र छातीमा बन्दुक ताक्दा हात काँप्यो । तसर्थ, उनले जागिर हापेर सदालाई बन्दुक त्याग्ने निधो गरे।

सानै उमेरमा केले मोहित पा-यो टीबीलाई कवि बन्न ? झोलामा किताब बोकेर लड्दै स्कुल आउँदा–जाँदाका पुराना धुले बाटाहरूले या कक्षामा गुरुहरूले कनीकुथी बोक्रा मात्रै उप्काएका अग्रज साहित्यकारका जीवनी अर्थात् रचनाहरूको प्रभावले ? घाँसदाउरा, मेलापात, गोठालाखेताला जाँदा तमासले सुसाउने खोला, बतास र जंगलको सुसाइले ? चराचुरुंगीका मधुर गीतले ? हाटबजार गर्दा, साकेला नाच्दा आँखामा बस्न आएका यौवनाहरूको एकोहोरो सम्झनाले ? आफूले पुज्दै आएका मुन्धुमको लय अर्थात् उकालीओराली गर्दा आफैले गाएका गीत र बजाएका बाँसुरी–सुसेलीहरूले ? आँखा अघिल्तिर प्रकट भएका मानिसका आदिम दुःख र आँसुले ? कक्षा ५ पढ्दापढ्दै मुटुको प्राणघातक रोगले अल्पायुमै देहावसान भएकी दिदी मञ्जुको अगाध मायाको डसाइले ? आखिर असल होस् या खराब जीवनमा मानिसलाई जुनसुकै काम गर्न कुनै न कुनै घटनाले प्रेरित गर्छ नै। माथि उद्धृत गरिएका घटनाहरूसँग अन्तर्घुलित भएरै साहित्यमा होमिएका स्रष्टा हुन् याक्खा। कविताका अलवा कथा, संस्मरण गीत÷गजलमा समेत उत्तिकै कलम चलाउने उनको प्रिय विधा भने कविता नै हो।

साहित्य मानिसका पक्षमा लेखिन्छन् भने त्यहाँ मानिसको संवेदना र जीवन दर्शन हुनुपर्ने उनको मान्यता छ। भन्छन्, ‘हामीले हाम्रा कथाहरूलाई नयाँ र लालित्यपूर्ण भाषामा लेख्न सकिएन भने मात्र साहित्य अर्थसिद्ध हुन्छ।’ झलक्क हेर्दा घरी रिङभित्र प्रतिद्वन्द्वीलाई एकै प्रहरमा चित खुवाउने रेस्लर खेलाडीजस्तै देखिने त घरी चाइनिज मुभीमा खेल्ने कुनै सुन्दर नायकजस्तै देखिने याक्खा पूर्व नेपाली सेना हुन्। सेनाको जागिरे भइञ्जेल उनी हातमा बन्दुक र हृदयभरि कविता बोकेर अत्यासपूर्ण दैनिकी बाँचे। ६०को दशक नेपालभरि सशस्त्र जनयुद्धको आगो दन्किएको थियो। युद्धले आक्रान्त देशको कुनै कुना सुरक्षित थिएन।

टीबी त्यो समयकाललाई स्मरण गर्छन्, ‘ऊ बेला मर्नु डर लाग्दैनाथ्यो, बरु मार्नु डर लाग्थ्यो।’ दिनानुदिन विद्रोही नेताहरूको टाउकोको मोल तोकिरहेको राज्यले त्यसबेला विद्रोहीहरूलाई मार्न सक्ने नेपाली सेनाको बढुवा तुरुन्तै गथ्र्यो। परन्तु बढुवाको लालचमा हातमा बन्दुक भए पनि युद्धमा सामेल टीबीले मानिसको हत्या गरेनन्। कवितैकविताले लछप्पै हृदय भिजेका सैनिक कविलाई मानिसको टाउको र छातीमा बन्दुक ताक्दा हात काँप्यो। तसर्थ, उनले जागिर हापेर सदालाई बन्दुक त्याग्ने निधो गरे। जब उनले जागिर छाडे, बन्दुक त हातबाट छुटिसकेको थियो। तर, कविताले पछ्याउन छाडेन उनलाई। ऋणको बोझ बिसाउन उनले तिनै कवितालाई आफ्ना सबसे प्रिय साथी बनाएर मकाउको यात्रा तय गरे।

दुई वर्षको मकाउ बसाइपछि उनी जीवनप्रियाका साथमा हङकङ छिरे। उनी छिर्दा हङकङमा त्यसताका साहित्यमा कवि नरेश सुनुवार, देश सुब्बा, आशिष साम्पाङ ‘महेश’ र दाजु गुरुङहरूको अर्कै तकझक थियो। रहँदा–बस्दा जोडिँदै गए उनी कवि टंक सम्बाहाङ्फे, डीबी पालुङ्वा, सुनिता गिरी, पूर्णिमा जी. शाह, बज्र थुलुङ, मगेन्द्र राई, चन्द्र मादेन ‘आन्छन’ र जीतकर्ण राईहरूसँग। यसरी सपनाको नाउ खियाउँदै विभिन्न भूमिमा रगत, पसिना र आँसु बराबर बगाइरहँदा सँगालेका अनुभूतिबाट जन्मिएको उनको सुन्दर सन्तान हो– कवितासंग्रह ‘आँधी रोकिएपछि’।

टीबी जब देश छाडेर उता पुगे, उनलाई देशको मायाले अगाध सतायो। घरगाउँ, गाउँले र दौतरीहरूको प्रेमिल यादले चह-यायो। र, उता बसेर लेखे गाउँका कविता। जब उनी थकानको श्वास फेर्न देश फर्किए, यता बस्दा उनले उता सम्झिए र लेखे उतैका कविता। कविहरूको कल्पनाको उडान जहाजको जस्तो सीधा हुँदैन, चराहरूको जस्तै हुन्छ, जुन कल्पनाको वेगमा विचारको प्वाँख जडेर लेख्नेहरू मात्र सफल कवि ठहरिन्छन्।

याक्खाले कवितामा चलाएका विम्बहरू सभा खोलाका छालहरूझैं स्निग्ध र शान्त लाग्छन्, जसले जमिरहेका दहहरूलाई गतिशील बनाइरहन्छन्। पढिसकेपछि हृदयलाई संवेदित तुल्याउँदै मानिसको मस्तिष्कमा नवीन सपना र वैचारिक मार्गहरूको अनन्त रहस्योद्घाटन गर्नु कविताको अपरिहार्य सर्त हो। कविताको फ्याक्ट अर्थ (मुहार) शब्दहरूमा हुँदैन र त्यो देखिँदैन। कविताको अर्थ त शब्दहरूको अन्तर्यमा छलिएको हुन्छ। त्यसलाई सचेततापूर्वक उधिन्ने सामथ्र्य राख्ने याक्खा डायस्पोरामा रहेर कविता लेख्ने नेपाली कविहरूमा सम्झनयोग्य नाम हुन्।

उनको परिचय साहित्यमा मात्रै जोड्दा अपूर्ण हुन्छ। उनी त असल समाजसेवी, संस्कृतिकर्मी, खेलाडी एवं कुशल पत्रकार पनि हुन्। साहित्यिक संस्था ‘हङकङ साझा साहित्य शृंखला’का पूर्वसंयोजक उनी ‘संखुवासभा समाज हङकङ’का अध्यक्षको हैसियतमा रहेर उनले महत्वपूर्ण सामाजिक–सांस्कृतिक कार्य गरिरहेका छन्। त्यस्तै, उनले दिदी मञ्जु याक्खाको नाममा ‘स्व. मञ्जु याक्खा स्मृति छात्रवृत्ति अक्षयकोष’ स्थापना गरी हरेक साल अनाथ तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति दिइरहेका छन् भने ‘एभरेस्ट साहित्यिक डटकम’ तथा ‘बगैँचा डटकम’ जस्ता हङकङका लोकप्रिय मिडियामा पत्रकारितासमेत गरिरहेका छन्। यसर्थ, याक्खा बहुआयामिक व्यक्तित्व हुन्। उनको युद्धसम्बन्धी संस्मरण प्रकाशनको अन्तिम तयारीमा छ। यस सत्कार्यका लागि उनलाई अग्रिम शुभकामना।








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad