coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बाजुरामा नेकपाका सदस्यद्वारा शपथ ग्रहण

बाजुरा– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्यले आज शपथ ग्रहण गरेका छन्। 

नेकपा सुदूरपश्चिम इञ्चार्ज भीम रावलले जिल्ला कमिटीका एक सय ३५ को शपथ ग्रहण गराएका हुन्। बाजुरामा नेकपामा पूर्व एमालेबाट ८० तथा पूर्वमाओवादी केन्द्रबाट ५५ जना जिल्ला कमिटी सदस्यमा समेटिएका छन्। पार्टीको नीति र सिद्धान्तअनुसार आफूहरुले जिल्लामा काम गर्ने जिल्ला कमिटी सदस्यले बताएका छन्। 

जिल्ला कमिटी सदस्यको शपथ ग्रहण भएसँगै आजबाट कमिटीले पूर्णता पाएको छ। रासस

प्रकाशित: ३१ जेष्ठ २०७६ १४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App