४ वैशाख २०८१ मंगलबार
खेल

गेल बने इङ्ग्ल्याण्ड विरुद्ध सबै खेलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान

लण्डन– जारी एकदिवसीय विश्वकपमा इङग्ल्याण्ड विरुद्धको खेलमा वेस्टइण्डिजका ब्याट्सम्यान क्रिसगेलले ४१ बलमा ३६ रन ल्याउदै पभेलियन फर्किए। उक्त खेलमा वेस्टइण्डिजका निकोलस पुरनले सर्वाधिक ६३ रन ल्याए। यद्यपि समग्रमा भने इङ्ग्ल्याण्ड विरुद्धको खेलमा सर्वाधिक रन ल्याउने ब्याट्सम्यान क्रिस गेल बनेका छन्।

उनले इङ्ग्ल्याण्ड विरुद्ध ३४ इनिंग्स खेलेर १६३२ रन बनाए। त्यस्तै, इङ्ग्ल्याण्ड विरुद्धको खेलमा धेरै रन ल्याउने ब्याट्सम्यानको सूचीमा श्रीलंकाका कुमार सांगाकारा रहेका छन्। उनले इङ्ग्ल्याण्ड विरुद्ध ४१ इनिंग्स खेल्दै १६२५ रन बनाएका छन्।  त्यस्तै सूचीको तेस्रो स्थानमा विलियन रिचर्डस् रहेका छन् उनले ३४ इनिंग्समा १६१९ रन बनाएका छन्।

इङ्ग्ल्याण्ड विरुद्ध ब्याटिङमा उत्रिएको बेस्टइण्डिजले ४४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २ सय १२ रन बनाएको छ। इङ्ग्ल्याण्ड अहिले जवाफी ब्याटिङमा उत्रिएको छ।

प्रकाशित: ३१ जेष्ठ २०७६ १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App