१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

साञ्जेन जलविद्युत आयोजनाको लागि लगानी जुट्यो

काठमाडौं– चिनियाँ कम्पनीलाई निर्माणको जिम्मेवारी दिइएको रसुवास्थित ७८ मेघावाट क्षमताको साञ्जेन खोला जलविद्युत आयोजनाले लगानी जुटाएको छ। शुक्रबार काठमाडौंमा चिनियाँ कम्पनी सिएचईसी तथा नेपाल इन्भेष्टमेन्ट बैंकको स्वामित्वमा रहेको कुमारी बैंक तथा सिटिजन बैंकबीच सो आयोजनामा लगानी लागि ऋण सम्झौतामा हस्ताक्षर गरिएको हो।

इन्भेष्टमेन्ट बैंकको स्वामित्वमा रहेको कुमारी बैंक तथा सिटिजन बंैक पार्टनर रहेको सो आयोजनामा ९२ प्रतिशत चिनियाँ कम्पनी सिएचईसी र ८ प्रतिशत नेपालीको साझेदारी रहनेछ। रसुवा जिल्लामा रहेको सो आयोजना निर्माणमा १३ अर्ब २० करोड लाग्ने अनुमान गरिएको छ। त्यसमध्ये ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्वीटी रहनेछ। यो जलविद्युत आयोजना चिनियाँ कम्पनीले पहिलो पटक लगानी गर्न लागेको आयोजना हो। आगामी ४ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजना वरपरको सडक निर्माण कार्यलाई तीव्रता दिइएको छ।

प्रकाशित: ३१ जेष्ठ २०७६ १३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App