coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वाइडबडीबारे अख्तियारसँग नागरिक आयोगको असन्तुष्टि

काठमाडौं– वाइडबडी विमान खरिद प्रकरणका सम्बन्धमा छानबिन गर्न नागरिक स्तरबाटै गठित नागरिक आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारवाहीप्रति असन्तुष्टि जनाएको छ। आयोगले शुक्रबार काठमाडौंमा आफूले तयार पारेको प्रारम्भिक छानबिन प्रतिवेदन सार्वजनिक गर्दै सो सम्बन्धमा अख्तियारको काम कारवाहीप्रति असन्तुष्टि जनाएको हो।

अख्तियारले सो प्रकरणका सम्बन्धमा गरिरहेको छानबिन औपचारिकतामा मात्रै सिमित भएको निष्कर्ष निकालिएको आयोगका संयोजक सुकुदेव भट्टराई खत्रीले जानकारी दिए। प्रतिवेदनमा संघीय संसदबाटै सो प्रकरणका दोषीमाथि कारवाही गर्न पनि माग गरिएको छ।

संयोजक खत्रीले संघीय संसदको सार्वजनिक लेखा समितिले दिएको निर्देशनअनुसार सो प्रकरणमा ४ अर्ब ३५ करोडभन्दा बढि भ्रष्टाचार भएको उल्लेख गर्दै समितिले दोषी ठहर गरेका तत्कालीन मन्त्री रविन्द्र अधिकारी, पर्यटन सचिव, नेपाल वायुसेवा निगमका पदाधिकारीलाई कारवाही गर्नुपर्ने माग पनि सरकारसँग गरेको छ।

नागरिक स्तरबाट गठन गरिएको सो आयोगले छानबिनको क्रममा सरकारी निकायहरुले सहयोग नगरेको गुनासो पनि गरेको छ। त्यसैगरी प्रतिवेदनमा सार्वजनिक लेखा समितिले सरकारलाई बुझाएको सो सम्बन्धि प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ।

प्रकाशित: ३१ जेष्ठ २०७६ १२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App