८ वैशाख २०८१ शनिबार
समाज

लिविया लगेर १५ जना भन्दा बढीलाई बन्धक बनाउने दुई पक्राउ

काठमाडौं - लिवियामा रोजगारी दिलाई दिन्छु भन्दै १५ जना भन्दा बढीलाई ठगी गर्ने दुइ जना पक्राउ परेका छन्। प्रहरीले लोकमान राई र राहुल गहतराजलाई पक्राउ गरेको हो। लिवियाको त्रिपोली र मिश्राता भन्ने स्थानहरुमा तथा लिबिया हुँदै इटालीमा लगी आकर्षक रोजगारीको प्रलोभनमा पारी ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले पक्राउ गरेका अभियुक्तहरुले तहगत रुपमा संगठित भई काठमाडौं लगायतका स्थानहरुबाट मानिसहरुलाई प्रलोभनमा पार्ने र काठमाडौं ल्याउने गरेका थिए। त्यसपछि लिवियाको भिषा लगाउने भन्दै प्रतिब्यक्ति ५ लाख देखि ८ लाखसम्म रकम असुल गरी, काठमाडौंबाट नयाँदिल्लीमा पुर्याउने तथा पाकिस्तानी र लिवियन नागरिकहरु समेत भई दुबई पुर्याउने र दुबईबाट ट्यूनिशिया हुँदै लिवियाको त्रिपोली र मिश्राता समेतका स्थानहरुमा लगी उनीहरुको पासपोर्ट, नगद तथा भिषा समेतका कागजातहरु खोसी लिई बन्धक बनाउने गरेका थिए।

पाकिस्तानी बंगलादेशी र लिबियन नागरिकहरु भई तयार गरेको सेल्टरमा राखी पर्याप्त खाना समेत नदिई सेल्टरबाटै बिभिन्न कम्पनीहरुमा उनीहरुलाई काम गर्न बाध्य पारी पारिश्रमिक समेत नदिई वन्धकको रुपमा राखी शोषण गर्ने गरेको प्रहरीले जनाएको छ। पीडितहरुलाई उद्दार गरेर नेपाल ल्याएपछि आरोपित राई र गहतराजको प्रहरीले खोजी गरेको थियो। प्रहरीले उनीहरुलाई मानब बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन, २०६४ बमोजिमको मुद्दामा तहगत रुपमा संगठित भइ बेचबिखन तथा ओसार पसार गर्ने कसुरमा मुद्दा चलाउने जनाएको छ।

प्रकाशित: ३१ जेष्ठ २०७६ ११:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App