१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

'भारतसँग सिरिज खेल्न गिडगिडाउनु पर्ने आवश्यकता छैन'

इस्लामाबाद– एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबीचको खेल नजिकिँदै गएको छ।

१६ जुनमा भारत र पाकिस्तानको खेल म्यानचेस्टरमा हुनेछ। विश्वकपको खेल चलिरहँदा पाकिस्तानका क्रिकेट बोर्डका अध्यक्ष एहसान मनीले भारतसँग द्विपक्षिय खेल खेल्न गिडगिडाउन आवश्यक नरहेको बताएका छन्। मनीले आफूले भारतसँग  सभ्य र सम्मानित तरिकाले क्रिकेट संबन्ध बनाउन चाहेको बताए।

भारत र पाकिस्तानले जनवरी २०१३ पछाडि दि्वपक्षिय सिरिज खेलेका छैनन्। यद्यपि केही बहुपक्षिय खेलमा भने यी टोली आमनेसामने भइसकेका छन्।   

प्रकाशित: ३१ जेष्ठ २०७६ ११:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App