४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

बजेट नदिएको भन्दै सांसदद्वारा सांसद नै कुटिइन्

केन्या– केन्यामा आफ्नो निर्वाचन क्षेत्रमा बजेट नदिएको भन्दै रशिद कास्सिम नाम गरेका एक सांसदले फातुमा गेडी नाम गरेकी सांसदलाई आक्रमण गरेको बताइएको छ।  गेडी संसद्को बजेट समितिमा सदस्य पनि भएको समाचारमा उल्लेख छ

आक्रमणपछिको एक फोटोमा गेडी रुँदै गरेको र उनको मुखमा रगत निस्केको देखिन्छ । उक्त फोटो सामाजिक सञ्जालमा व्यापक भएपछि यस समाचारले बढी चर्चा पाएको छ।

पूर्वी केन्याबाट सांसदमा निर्वाचित कास्सिमले आफ्नो निर्वाचन क्षेत्रमा किन रकम विनियोजन नगरेको भन्दै गेडीसँग संसद भवनस्थित गाडी रोक्ने स्थानमा झगडा गरेको समाचारमा जनाइएको छ।

त्यसपछि पुरुष सांसदहरुले ’थप्पड दिवस’ हो  भनि महिला सहकर्मीहरूलाई होच्याएको समाचारमा जनाइएको छ। कास्सिमलाई पक्राउ गर्नुपर्ने मागसहित महिला सांसदहरू संसदबाट बाहिरिएपछि आरोप लागेका सांसद पक्राउ परेका  जनाइएको छ। एएफपी

प्रकाशित: ३१ जेष्ठ २०७६ ११:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App