गुठी वहस

गुठीबारे भ्रम र यथार्थ

शुक्रबार, ३१ जेठ २०७६, १६ : ४५ केदारभक्त माथेमा

 

गुठी संस्कृतको गोष्ठी शब्दबाट हो। गुठी भनेको समूह जस्तो वा समाज भनेको पनि हो। समाजको केही उद्देश्यको लागि जस्तै धार्मीक सामाजिक उद्देश्य पुरा गर्नको लागि अथवा यसलाई निरन्तरता दिनका लागि गुठी बनेका हुन्।

विसं ५१७ भन्दापनि पहिलेको शिलालेख बाट गुठीको विकास भएको देखिन्छ। यसले यसको ऐतिहासिकतालाई दर्शाउँछ। चावहिलको बुद्ध चैत्यमा लेखेको शिलालेखमाले गुठीको इतिहास बताउँछ। यो शिलालेख १ हजार ५ सय बर्ष पुरानो हो।

केहि मान्छे जम्मा भएर समाजको क्रियाकलाप संयुक्त रुपले गर्ने, यसलाई निरन्तरता दिने भनेर गुठीहरु बने र काम गर्न थाले। यस्तो कार्य गर्न केही धनराशी चाहिने हुन्छ। धाराशी चाहिँ जग्गा जमीनसंग जोडीएको हुन्छ। त्यसपछि जग्गा जमिन गुठीमा राखियो अनी  जग्गाको आयस्थाबाट मन्दीरको जिर्णेद्धार गर्ने, पूजा गर्ने गरियो। अहिले पनि कतिपय मन्दीरमा गुठी कै आयस्थाबाट पूजा हुन्छ। यो प्रक्रिया लामो समयदेखि चल्दै आएको छ।

अहिले पनि जात्रा परम्परालाई निरन्तरता दिन, जात्रा मनाउन, विभिन्न पर्व मनाउन गुठीको आयस्रोत खर्च हुने गरेको छ। जस्तो मछिन्द्रनाथको जात्रा होस् या अरु। पाटनमा श्रेष्ठ समाज भन्ने गुठी छ उहाँहरुको  ब्राह्मणलाई भोजन खुवाउने चलन छ। यस्तो चलन गुठीहरुले पहिल्यैदेखि गर्दै आएका छन्। उहाँहरुको गुठीको आयस्थाबाट नै यस्तो भोज खुवाइन्छ।

गुठी भन्ना साथै साधारण मानिसहरुमा केही भ्रमपूर्ण धारण पनि छ। यसलाई पुरानो रुढिवादी परम्मपरा सोच्नेहरु पनि छन्। तर त्यो सोच्नु गलत हुन्छ। गुठी भनेको समाजिक कार्य गर्न बनेको संस्था हो, जस्तै राजकुलो सफा गर्नपर्यो कसले गर्ने ? मान्छे कामदेखि पन्छिन खोज्ला तर गुठी ले यो दिन चै सफा गर्ने भनेपछि सबै जान्छन् नी त। यो लामो समयदेखि चलिनै आएको छ।

अर्को भ्रम भनेको केही मान्छेहरु गुठी भनेको नेवारहरुको मात्र हो भन्छन्। गुठी त्यस्तो नेवारहरुको मात्र हैन। अरु समुदाय भन्दा नेवार समुदाय यसमा बढी देखिएका हुन्। गुठी नेवार समुदायमा फैलीएको चै हो। तर यो नेवार समुदायको मात्र होइन।

सरकारले गुठी विधेयकबारे सरोकारवालासंग छलफल नै गरेन। यसो गर्नु हुँदैन थियो। सरोकारसंग मिहिन छलफल, अन्तर्क्रिया, संवाद गरेर ल्याउनु पर्नेमा एकल ढंगले ल्याउनु गलत भयो। त्यसपछि विवाद आयो। एउटा प्रतिवेदन बनाउँदा त सरोकारवालाहरु सँग छलफल गरिन्छ भने सरकारले अहिले त कानुन बनाउँदै छ। कानुन बनाउँदा यससँग प्रयक्ष्य सम्वन्ध राख्नेहरुसँग छलफल गर्नुपर्छ कि पर्दैन ? यो कुनै प्रजातान्त्रिक प्रक्रिया होइन। विदेशमा यस्ता निर्णय लिँदा जनताको अभिमत बुझ्ने गरिन्छ।

नेवार समुदाय शहरमा बस्ने भयो, यहाँ ठूलो सभ्यताको विकास भयो त्यै कारण यहाँ प्रसस्त गुठी विस्तार भए।

काठमाडौं मात्र हैन जनकपुरमा पनि गुठी छन्। पहाडतिर पनि गुठी छन्। ठूलो मात्रामा र विभिन्न प्रकारका गुठी भने उपत्यकामा नै छन्।

नेवार समुदायको जीवनमा गुठीको एकदम ठूलो महत्व छ। गुठीको सबभन्दा ठूलो कुरो के भने यो समुदायलाई कुनै उद्देश्यको लागि एकीकृत गर्छ। आफ्नो रितिरिवाज अथवा सामाजिक कामलाई निरन्तरता दिन्छ।

भोली गएर सन्तानले मासीदेला त्यसको दुरुपयोग गरिदेला, खाइदेला भनेर संरक्षण गर्न पनि गुठीमा सहभागी हुने गर्छन।

यसरी गुठीले सामाजिक काम पनि गर्यो, जिर्णोद्धारको काम पनि गर्यो, आफ्नो पर्व, चाडहरुलाई निरन्तरता दियो। गुठी कै रकमबाट समाज यसरी चल्छ। उपत्यकामा चल्दै आएको छ।

गुठीलाई अहिले जग्गासंग जोडेको कारण, सबैको ध्यान गुठी तिर गएको हो। गुठीबारे यति धेरै बहस भएको हो। किनकी अहिले जग्गाको मूल्य बढेको छ। ‘धनदेखि महादेवको पनि तीन नेत्र’ भन्छन् नि। जग्गाको कारण सबैको ध्यान तानेको छ।

मुख्य कुरो के हो भने गुठीमा पनि पहाडाको जग्गा देखाएर सहरमा रहेको गुठी जग्गालाई साट्ने जस्ता नराम्रा काम भए। गुठीको जग्गा मास्ने काम पनि भए। कति गाउँहरुमा गुठीको जग्गा कमाउने मोहीहरु पीडित भएको कुरा पनी आउँछ। यस्तो समस्यालाई पनि हामीले सम्वोधन गर्न आवश्यक छ।

सरकारले ल्याउन लागेको विधेयक अनुसार गुठी प्राधिकरण मातहतबाट चल्छ भन्छन् तर कतिपय कुरा प्राधिकरणले पनि गर्न सक्दैन। किनभने जात्रा पर्व मनाउन गुठीमा रहेका भिन्नभिन्न परिवारलाई विभिन्न जिम्मेवारी दिने चलन छ। जस्तो बसन्तपुरमा लिङ्गो ठडाउने काम नेवारको कुनै समुदायले मात्र गर्छ। यो परिवारले रुख काटी लिङगो ल्याउने काम गर्छ। अर्को परिवारले पूजा गर्छ। अर्को परिवारले धुन बजाउँछ। भोजको जिम्मा अर्को परिवारले लिन्छ। यस्ता यस्ता काम त प्राधिकरणले गर्दैन यस्तो कार्य समुदायले मात्र गर्न सक्छ। गुठीमा मेसिनको पार्टपूर्जा जसरी काम भइरहेको हुन्छ। र त्यो पूर्ण हुन्छ।

जस्तो रथ बनाउन प्रयोग हुने सामाग्री जम्मा गर्ने त्यसलाई टक्क टक्ट जोडेर मिलाउने मन्दिर सफा गर्ने, फूलपाती ल्याउने कार्यमा विभिन्न समुदायको जिम्मा हुन्छ। यस्ता कार्य प्राधिकरणले टेन्डर गरेर गर्न सक्छ त ?

गुठीले हरेक सामाजिक कार्यलाई बैज्ञानीक तरिकाले मिलाएको हुन्छ। जस्तो पाटनमा गुठीले सयौं बर्षदेखि नाचगान चलाएको छ। पाटनमा चलाईने कार्तिक नाच केही परिवारले चलाउँछन्। कृष्णका रुपमा खेल्ने कोही व्यक्ति बुढो भयो नसक्ने भयो भने उसको सन्तान कृष्ण बनेर खेल्छ। परम्परा हस्तान्तरण गरेको छ गुठीले। गुठीको ठूलो योगदान भनेको यसले हाम्रो संस्कृतिलाई निरन्तरता दिएको छ। सरकारमा भर नपरीकन गुठीले हाम्रो परम्परा धानेको छ।

गुठीलाई पहिलो पल्ट प्रहार चाहिँ रणबहादुर शाहको पालामा भएको थियो। उनको त मगज पनि सन्तुलीत थिएन भन्ने गरिएको छ। उनले गुठीको जग्गा यताउती गरे भन्ने छ।

विद्धानहरुको भनाईमा १९९० सालबाट गुठीहरु गठनमा सुस्तता आयो र २००० बाट चै प्रायः प्राय बन्द भयो भन्ने गरिन्छ।

महत्वपूर्ण कुरा के हो भने यो गुठीले हाम्रो सम्पदाको हेरचाह, पर्वहरुको निरन्तरता, दिने मात्र हैन, गुठी आफैमा सम्पदा हो। यो मौलीक सम्पदा हो। अन्त ट्रष्ट भन्लान तर यहाँ जस्तो मौलीक गुठी संसारमा कहिपनि छैन।

सम्पदा दुई किसिमको हुन्छ मूर्त र अमूर्त। मूर्त भनेको पशुपतिनाथ, स्वयम्भूनाथ, हनुमानढोका पाटनढोका लगाएत विभिन्न स्तुपा र मन्दिर हुन्।

सन् १९८२ बाट युनेस्कोले अमूर्त सम्पदाको लगत राख्न थाल्यो। चाइनामा ३९ वटा, भारतमा १३ वटा, बंगालादेशको ३ वटा, भुटानको एक वटा सम्पदालाई युनेस्कोले रिकोनाइज गर्‍यो तर नेपालले आफ्नो एउटै पनि अमूर्त सम्पदा युनोस्को लिस्टीङ गर्न सकेन।

यत्रो अमूर्त सम्पदाले धनी भएको देश, जस्तै मछिन्द्रनाथको जात्रा चलेको सयौ बर्ष भैसक्यो। दशैमा आकास भैरबमा भजन भैरहेको छ यो भजन तीन–चार सय बर्ष पहिलेबाट गाइदै आएको हो। मैथली र संस्कृतिमा यो भजन गाइन्छ। हाम्रो नेपालमा पहिले राजकाजमा नेपाली भाषा हैन कि संस्कृति, मैथली र नेवारी भाषा चल्ने गरेको थियो। आकास भैरबमा त्यही संस्कृति मैथली र नेवारी भजन गाउन थालेको बर्षौ भैसकेको छ। यहि हो परम्पराको निरन्तरता। यो गुठीले धानेको हो।

नेपालको संस्कृति परम्पराहरुलाई कसरी निरन्तरता दिने भनेर सिकाउन केही पहिले युनेस्कोबाट केही मानिस यहाँ आएका थिए। जब उनिहरुले यहाँ रातो मछिन्द्रनाथको जात्रा देखे अनी उनीहरुले भने नेपालमा संस्कृति परम्परा सिकाउन हैन सिक्न आउनु पर्ने रहेछ। यो मलाई सत्यमोहन जोसीले भन्नुभएको। हाम्रोमा अमूर्त संस्कृतिको निरन्तरता हजारौं बर्षदेखि हुँदै आएको छ।

अहिले कतिपय गाउँनै गुठीको जग्गामा परेको छ भन्छन्। जस्तो स्वर्गद्धारीको जग्गामा पनि समस्या छ भन्छन्। यसलाई सरकारले छुट्टै सम्वोधन गर्नुपर्छ तर गुठी प्रथालाई निर्मुल गरेर होइन।

सरकारले गुठी विधेयकबारे सरोकारवालासंग छलफल नै गरेन। यसो गर्नु हुँदैन थियो। सरोकारसंग मिहिन छलफल, अन्र्तक्रिया, संवाद गरेर ल्याउनु पर्नेमा एकल ढंगले ल्याउनु गलत भयो। त्यसपछि विवाद आयो। एउटा प्रतिवेदन बनाउँदा त सरोकारवालाहरु सँग छलफल गरिन्छ भने सरकारले अहिले त कानुन बनाउँदै छ। कानुन बनाउँदा यससँग प्रयक्ष्य सम्वन्ध राख्नेहरुसँग छलफल गर्नुपर्छ कि पर्दैन ? यो कुनै प्रजातान्त्रिक प्रक्रिया होइन। विदेशमा यस्ता निर्णय लिँदा जनताको अभिमत बुझ्ने गरिन्छ।

प्रजातान्त्रीक प्रकृयामा यसो गर्न हुँदैन। यो जुन विधेयक आएको छ यसमा छलफल गर्ने ठाउँ नै छैन यो फिर्ता हुनुपर्छ। हामीले गाई मागेका हौ उनीहरुले गोरु दिएर छलफल गर्न आउ भन्दा के हामी छलफलमा कसरी जाने ?

(प्राध्यापक केदारभक्त माथेमासँग प्रशान्त लामिछानेले गरेको कुराकानीमा आधारित)

 

 

 

 

 

 

 

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad