तरकारी खेतीमा रमाउँदै पूर्वमाओवादी नेता

शुक्रबार, ३१ जेठ २०७६, १५ : २० नागरिक

डोटी– कुनैबेला बम र बन्दुक बोकेर जनयुद्ध लडेका डोटी केआइसिंह गाउँपालिका–१ का ७२ वर्षीय तत्कालीन माओवादी नेता प्रताब पुनमगर हिजोआज तरकारी खेतीमा व्यस्त छन्। 

डोटीको दीपायलस्थित पिपल्ला बजारमा उनले तीन रोपनी जमीन भाडामा लिएर तरकारी खेती शुरु गरेका हुन्।

राजनीतिले मात्रै खान लाउन र परिवार पाल्न नसकिने भएपछि तरकारी खेती शुरु गरेको नेता पुनमगरले बताए। उनले भने ‘निःस्वार्थ रुपमा राजनीति गर्दा पेट र परिवार पाल्न गाह्रो भयो, परिवार र पेट पाल्नकै लागि भए पनि तरकारी खेती शुरु गरेँ।’ उनको बारी अहिले मौसमी तथा बेमौसमी तरकारीले भरिभराउ भएको छ। तरकारी खेतीबाट राम्रै आम्दानी हुन थालेको नेता पुनमगरले बताए। 

तरकारी खेतीबाट मासिक रु ३० हजार आम्दानी गर्ने गरेको बताउँदै उनले तरकारी खेती गरेर आठ जनाको परिवारलाई राम्रैसँग पाल्दै आएका छन्।

राजनीतिसँगसँगै आफ्नो उद्यम पनि गर्नुपर्ने बताउँदै नेता पुनमगरले भने ‘जिन्दगीभरि अर्काकै लागि झोला बोकेर पेट पालिँदैन, मिहेनत र परिश्रम पनि गर्नुपर्छ।’ रु एक लाख ऋण लिएर तरकारी खेतीको शुरुआत गरेका नेता पुनमगरले अहिले ऋण चुक्ता गरिसकेका छन्। सरकारले दिने अनुदानको ऋणमा ५० वर्षभन्दा माथि उमेरका लाई नदिने भन्ने प्रावधानप्रति उहाँले खरो शब्दमा भने ‘के ५० वर्षमाथिको व्यक्ति नेपाली नागरिक हो कि होइन, उसको भोट चल्छ कि चल्दैन, काम गर्छुभन्दा त पैसो देउ।’ उनको बारीमा अहिले तरकारी किन्नेको घुइँचो लाग्ने गर्दछ। उनको बारीमा अहिले भिण्डी, काउली, बन्दागोभी, टमाटर, धनियाँ, आलु, मूला, काँक्रा, सिम्लालगायतका विभिन्न तरकारीले भरिभराउ भएको छ। दैनिकजसो बारीमा खटिँदासमेत बजारमा तरकारीको पूर्ति गर्न नसकिएको बताउँदै नेता पुनमगरले भने ‘बजारमा तरकारीको निकै ठूलो माग छ, जति भए पनि आपूर्ति गर्नै सकिँदैन।’ बाथ, चर्म, हर्नियालगायतका रोगले पीडित भएका नेता पुनमगर भन्छन् ‘म रोगी बुढोले त मिहेनत गरेर पैसा कमाउन सकेको छु भने स्वस्थ युवाले किन पैसा कमाउन सक्दैनन्, मिहेनत गर्नुहोस् घरैमा सुन फल्छ, विदेश जानु पर्दैन्।’ दीपायलमा पानी अभावका कारण बारीमा लगाएको तरकारी सुक्ने र कुहिने गरेको उनको गुनासो छ। रासस








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad