coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पर्यटकीय गन्तव्य कनकासुन्दरी

कनकासुन्दरीको गुठिज्युला बजार तस्बिरः डिबी/नागरिक

जुम्ला– दैनिक सयौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गर्दा दंग छन्, कनकासुन्दरी गाउँपालिकाका कृष्णप्रसाद उपाध्याय। पर्यटकको भीड देखेर उपाध्याय जती हर्षित छन्, त्यती नै पर्यटकमैत्री संरचना नहुदा खिन्न पनि देखिन्छन्। उनी भन्छन्, ‘सांस्कृतिक पर्यटनको केन्द्र मानिने स्थलहरुमा सहज आवतजावत गर्न सक्ने बाटो नहुुँदा समस्या भइरहेको छ र यो समस्या टार्न सबै क्षेत्रबाट पहलको खाँचो रहेको छ।’

कनकासुन्दरी गाउँपालिकाकाले पर्यटक आगमनको अवस्थालाई मध्यनजर गर्दै योजना तर्जुमा गर्ने बताउँछन्, गाउँपालिका अध्यक्ष नरबीर रावत। पर्यटकले पाउनु पर्ने सुविधाका विषयमा गहन छलफल भइरहेको र गाउँपालिका भित्र पर्यटनमैत्री बाटो र सहज आवतजावत गर्न सक्ने गरि पर्यटकीय स्थल जोडिन आवश्यक रावतको ठहर छ। यसका लागि पुरातत्व विभाग र पर्यटन बोर्डसंग छलफल अघि बढेको उनले बताए। उनले कनकासुन्दरी गाउँपालिकामा पर्यटक भित्र्याउनको लागि हदै सम्मको काम गर्नमा गाउँपालिका केन्द्रित रहेको दाबी गरे।

वर्तमान अवस्थामा नाग्म गमगडि हुुदै रारा जाने हरेक पर्यटकको बास गोठिज्युला बजार मै हुन्छ। ‘पहिलो चरणमा पर्यटकमैत्री होटल र पर्यटकमैत्री व्यवाहारमा जोड दिदै आएका छौ', अध्यक्ष रावतले भने ‘बिस्तारै पर्यटकमैत्री संरचना निर्माणमा समेत जोड दिदै जानेछौँ।’ यहाँको सांस्कृतिक आर्थिक, सामाजिक र प्राकृतिक पर्यटनका बारेमा उजागार गर्न गाउँपालिका सधै तत्पर रहने उनले बताए।

कनकासुन्दरी गाउँपालिकाको बोतामालिकामा पर्यटकलाई लक्षित गर्दै होमस्टे बनाउने काम शुरु भएको छ। जसले पर्यटक आकर्षण गर्न सक्ने अपेक्षा गाउँपालिकाले राखेको छ।

प्रकाशित: ३१ जेष्ठ २०७६ ०९:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App