युगान्डामा फैलिएको इबोलाप्रति डब्लुएचओको आकस्मिक बैठक

शुक्रबार, ३१ जेठ २०७६, १४ : ०४ एजेन्सी

जेनेभा– अफ्रिकी मुलुकहरु कङ्गो र युगान्डामा प्राणघातक रोग इबोलाका बिरामी देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आज आपतकालीन बैठक बस्दैछ।

बैठकले इबोलाको महामारीलाई अन्तर्राष्ट्रिय खतराका रुपमा घोषणा गर्ने या नगर्ने भन्ने निर्णय गर्नेछ।  संगठनको आपतकालीन समूहको बैठक यसअघि चार पटक बसेको छ। यसअघि सन् २००९ मा महामारीको रुप धारण गरेको एच१एन१ अर्थात् स्वाइनफ्लु, सन् २०१४ को पोलियो भाइरसको फैलावट, सन् २०१४ देखि २०१६ को अवधिमा पश्चिम अफ्रिकामा महामारीका रुपमा फैलिएको इबोला तथा सन् २०१६ मा जिका भाइरस फैलिएको समयमा यस समूहको आपतकालीन बैठक बसेको थियो।

गत अगष्टमा पूर्वी कंगोबाट शुरु भएको इबोलाबाट दुई हजार मानिस प्रभावित भइसकेका र त्यसमध्ये दुई तिहाईमा प्राणघातक अवस्था देखिएको छ। कंगोमा देखिएको यस इबोला संकटका विषयमा विश्व स्वास्थ्य संगठनले प्रत्यक्ष निगरानी गरिरहेको छ। तर गत अक्टोबर र अप्रिल बैठकमा इबोला संक्रमण कंगोमा मात्र सीमित देखिएको भन्दै अन्तर्राष्ट्रिय खतराका रुपमा लिइएको थिएन। तर कंगो सहित युगान्डामा समेत इबोलाका बिरामी देखिएकाले अन्तर्राष्ट्रिय चेतावनी नै सार्वजनिक गर्नुपर्ने अवस्था सिर्जना भएको डब्लुएचओको भनाई।

इबोलाबाट युगान्डामा दुई जनाको यसअघि नै मृत्यु भइसकेको छ। इबोला भएका व्यक्तिले अर्को व्यक्तिलाई छोएमा इबोलाको भाइरस संक्रमण हुने गर्दछ। इबोला संक्रमित बिरामीमा अति उच्च ज्वरो आउने र समयमै उपचार नपाए त्यस्ता बिरामीको मृत्यु पनि हुने गर्दछ। रासस








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad