७ वैशाख २०८१ शुक्रबार
राजनीति

राष्ट्रिय सभाद्वारा शोक प्रस्ताव पारित

काठमाडौ - प्रतिनिधिसभाले पुर्व शिक्षा मन्त्री तथा संविधानसभा सदस्य धनीराम पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले पुर्व मन्त्री पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको हो।

पौडेल २०७० सालको संविधानसभा निर्वाचनमा तात्कालिन एकिकृत नेकपा माओवादीको तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए। हाल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रहेका पौडेलको ५३ वर्षको उमेरमा जेठ ३१ गते शुक्रबार अर्थात आज बिहान चितवनको माडीमा असमायिक निधन भएको हो।

बैठकले उनको निधनप्रति शोक प्रकट गरि श्रद्धाञ्जली अर्पण गर्दे शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गरेको छ। अर्को बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ।

प्रकाशित: ३१ जेष्ठ २०७६ ०७:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App