७ वैशाख २०८१ शुक्रबार
खेल

प्रतिभा र कोपिलाले माल्दिभ्समा खेल्ने

काठमाडौं- राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर प्रतिभा माली र कोपिला उप्रेतीले माल्दिभ्सको राष्ट्रिय क्लब लिग च्याम्पियनसिप खेल्ने भएका छन् । राष्ट्रिय टोलीकी नम्बर एक स्पाइकर प्रतिभा र कोपिलाले कात्तिक १७ बाट हुने प्रतियोगितामा मिस्किनागु इमेन जी ग्लुहुन क्लबबाट खेल्नेछन् । त्यसका लागि उनीहरूसँगै भलिबल संघकी कोषाध्यक्ष सुनकेशरी माली अभिभावकका रूपमा शुक्रबार माल्दिभ्स गएका छन् ।

कोपिलाले यसअघि विदेशी क्लबबाट खेले पनि प्रतिभाका लागि यो पहिलो विदेश अनुभव हो । न्यु डायमन्ड एकेडेमीकी प्रतिभाले पहिलोपटक माल्दिभ्सबाट व्यावसायिक भलिबल खेल्न पाउँदा उत्साही भएको बताइन् ।

‘खुसी छु । विदेशी क्लबबाट खेल्ने हरेक खेलाडीको सपना हुन्छ । मैले त्यो छिटै प्राप्त गरँे । व्यक्तिगत रूपमा टिमको सफलताका लागि सक्दो मिहिनेत गर्नेछु,’ प्रतिभाले भनिन् ।

प्रतिभा र कोपिलाले माल्दिभ्स क्लबबाट खेल्नका  लागि १ हजार अमेरिकी डलरमा सम्झौता गरेको कोषाध्यक्ष मालीले बताइन् ।

कोपिला र निमा श्रेष्ठ विदेशी क्लबबाट खेल्ने पहिलो नेपाली महिला भलिबल खेलाडी हुन् । उनीहरूले गत वर्षमाल्दिभ्समा व्यावसायिक भलिबल खेलेका थिए ।

त्यस्तै राष्ट्रिय टोलीकी उपकप्तान मञ्जु गुरुङ र अरुणा शाही पनि माल्दिभ्स जाने प्रक्रियामा रहेको मालीले बताइन् । तथापि उनीहरूको क्लब तय भइसकेको छैन ।

प्रकाशित: १३ कार्तिक २०७३ ०३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App