८ वैशाख २०८१ शनिबार
अर्थ

उद्योग वाणिज्य संघलाई श्रेष्ठद्वारा सात लाख

दोलखा – भूकम्पले क्षतिग्रस्त दोलखा उद्योग वाणिज्य संघको भवन पुनर्निर्माणका लागि व्यवसायी एवं जिल्लाका समाजसेवी प्रभुराम श्रेष्ठले सात लाख रुपैयाँ सहयोग गरेका छन् ।

२०७२ को भूकम्पबाट क्षति पुगेको संघको भवन पुनर्निर्माण हुन सकेको छैन । एक महिनाअघि सम्पन्न संघको निर्वाचनबाट निर्वाचित भएको नयाँ कार्य समितिले सदरमुकाम चरिकोटस्थित टुडिखेल नजिक रहेको भवन पुनर्निर्माण गर्ने निर्णय गरेलगतै श्रेष्ठले उक्त सहयोग गरेका हुन् ।

उनले पाँच लाख संघको भवन पुनर्निर्माण र दुई लाख रुपैयाँ व्यवसायी आकस्मिक कोषका लागि सहयोग गरेको बताए । नवनिर्वाचित कार्य समितिको योजनालाई आफूले साथ दिने उद्देश्यले उक्त सहयोग गरेको श्रेष्ठले सुनाए । दोलखाको भीमेश्वर नगरपालिका–३ स्थायी घर भएका श्रेष्ठ राजधानीसहित देशका विभिन्न स्थानमा होटल, पेट्रोलपम्प, हाइड्रोलगायत व्यवसायमा संलग्न छन् ।

 

प्रकाशित: ३१ जेष्ठ २०७६ ०५:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App