ठेक्का सम्झौता भएको १० वर्षपछि पुल

शुक्रबार, ३१ जेठ २०७६, १० : ५७ दिनेश सुवेदी

रोल्पा - पश्चिम रोल्पालाई सदरमुकामसंग जोड्ने माडी खोलाको मोटरेवल पुल ठेक्का सम्झौता भएको १० वर्षपछि सम्पन्न हुदैछ। १० वर्ष अघि ठेक्का सम्झौता भएको उक्त पुल साउनको अन्तिमसम्म निर्माण सम्पन्न हुने निर्माण पक्षले जनाएको छ।

पुरानो ठेकेदारले काम नगरेपछि पुनः निर्माण जिम्मा पाएको एसियाटिक राज जेभी कन्ट्रक्सनले साउन मसान्तसम्म निर्माण सम्पन्न हुने बताएको छ। २०७४ असार ३१ मा ३ करोड ५१ लाखमा जिम्मा लिएको राज जेभी कन्ट्रक्सनले मंसिरसम्मको सम्झौता भए पनि आफुले साउन भित्रै निर्माण सक्ने दावी गरेको छ। ७२ मिटर लम्बाई, ६ मिटर चौडाई रहेको पुल निर्माणका लागि रोल्पाली नेतृत्वदेखि स्थानीयसम्मले लामो संघर्ष गर्नुपरेको थियो।

पुल निर्माण अन्तिम चरणमा पुगेपछि अहिले स्थानीयहरु खुसी भएका छन्। ‘यही पुलका लागि हामीले दशवर्ष कुर्नुप-यो।’ रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व कुमार चन्दले भने ‘पुल निर्माण अन्तिम चरणमा छ। यो रोल्पालीका लागि खुशीको कुरा हो।’ कन्ट्रक्सनका सञ्चालक राजवीर घर्तीका अनुसार पुललाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको थियो। उनि भन्छन् ‘काम गर्ने हो भने समयमा योजना सम्पन्न हुन्छ। यो पुलको थोरै काम बाँकी छ। साउनको अन्तिम साता सम्ममा हस्तान्तरण गर्छु।’

सडक डिभिजन कार्यालयले २०६५ सालमा टेन्डर आव्हान गरी लामा एण्ड धर्मेन्द्र जेभी कम्पनीको बाटो हुदै प्यूठानका वसन्त जिसी नामका एक ठेकेदार लाई ३ करोड ६८ लाखमा जिम्मा दिइएको थियो। २०६९ असार मसान्त भित्र सम्पन्न गर्ने शर्तमा पुल निर्माणको जिम्मा पाएका उक्त ठेकेदार ५० लाख पेश्की लिएर २०६९ साल सम्म गुमनाम भए। २०६६ साल दुई तीन गाडी सरिया माडीखोलामा झारेका उनी ४ वर्ष सम्म देखिएनन्।

६२ मिटर लम्वाई र ४ मिटर चौडाई रहेको उक्त पुल स्टिमेट अनुसार नमिलेको भन्दै ४ वर्ष सम्म गुमनाम भएका ठेकेदार वसन्तले अन्ततः आफ्नै पुल निर्माणमा पुलको लम्वाई, चौडाई, रकम र समयावधि सबै थपे। त्यति मात्र होइन २०६९ कार्तिक २६ गते तत्कालिन वहालवाला भौतिक योजना तथा निर्माण मन्त्री हृदयश त्रिपाठी र अर्थमन्त्री वर्षमान पुनलाई हेलिकप्टर चढाएर पुल सिलन्यास गर्न माडिखोला झारेका थिए।

लामो समय सम्म पुल निर्माण अलपत्र भएपछि सडक डिभिजन कार्यालयलाई ठुलो दबाब बढ्दै गयो। अन्तत पुरानो ठेक्का तोडेर कार्यालयले २०७४ असार ३१ मा ३ करोड ५१ लाखमा नयाँ निर्माण कम्पनीलाई पुल निर्माणको जिम्मा दिइएको थियो। २०६५ सालमा ठेक्काको जिम्मा लिएर काम नगर्ने कम्पनीलाई कारबाही गरेको कार्यालयले जनाएको छ। ‘पुरानो निर्माण कम्पनी कालो सूचीमा छ। उसले अदालतमा मुद्दा हालेको थियो तर हामै्र पक्षमा फैसला भयो।’ सडक डिभिजन कार्यालयका प्रमुख धु्रब कुमार श्रेष्ठले भने ‘आउदा दिनमा पनि समयमा काम नगर्ने निर्माण ब्बसायीलाई कारबाही गर्ने छौ।’








यसमा तपाईको मत

अन्य समाचार

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...

वेत्रावतीमा टिम्स चेकपोस्ट

वेत्रावतीमा टिम्स चेकपोस्ट

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...

दराजमा १२.१२ सेलको पालो

दराजमा १२.१२ सेलको पालो

नेपालको बृहत्तर अनलाइन सपिङ गन्तव्य दराजले दराज १२.१२ घोषणा गरेको छ । ...

Ncell Footer Ad