हुरीपीडित विद्यार्थीको व्यथा

‘कापीकिताब उडायो, कसरी स्कुल जाने

शुक्रबार, ३१ जेठ २०७६, ०९ : १२ दिलबहादुर छत्याल/पुष्पराज जोशी

जुगेडा (धनगढी) - शारदा माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सन्तोषी धामी हुरीले कापीकिताब र पोसाक उडाइदिएपछि एक सातादेखि स्कुल जान सकेकी छैनन्। ‘हुरीले कापीकिताब उडाइदियो, लेख्नपढ्न कापीकिताब नै छैन,’ उनले भनिन्, ‘भएको विद्यालय पोसाक पनि उडाइदिँदा कसरी स्कुल जानू ?’ हुरीले उडाएको विद्यालय पोसाक र कापीकिताबसमेत फेला नपरेको बताउँदै उनी भन्छिन्, ‘विद्यालयमा शिक्षकले लेखाउनभएको कापी उडाउँदा मन खिन्न भएको छ।’

दुर्गा आधारभूत विद्यालय जुगेडा ‘ए’ गाउँमा कक्षा ६ मा अध्ययनरत नरेश बोहरा पनि हुरीपछि विद्यालय जान सकेका छैनन्। उनको पनि कापीकिताब र पोसाक सबै हुरीले उडाइदिएको छ। ‘हुरीले कापीकिताब र पोसाक उडाइदिएपछि स्कुल जान सकेकै छैन,’ उनले भने, ‘कापीकिताब र पोसाकको जोहो नहुँदासम्म स्कुल जाने निश्चित छैन।’ उनका बहिनी ऋतु र मञ्जु पनि स्कुल जानबाट वञ्चित छन्।

सन्तोषी र नरेश मात्रै होइनन् कैलाली, कञ्चनपुरका हुरीपीडित परिवारका बालबालिका अहिलेसम्म स्कुल जान सकेका छैनन्। हुरीप्रभावित क्षेत्रका विद्यालयमा आधाभन्दा कम विद्यार्थी उपस्थित हुने गरेका छन्। जसले गर्दा अध्यापनमा समस्या हुने गरेको शिक्षकहरू बताउँछन्। ‘हुरीपछि अहिलेसम्म विद्यार्थी स्कुल आउन सकेका छैनन्,’ बेहडाबाबा आधारभूत विद्यालय ‘डी’ गाउँकी शिक्षिका विमला खत्रीले भनिन्, ‘करिब ७० जना विद्यार्थी रहेको विद्यालयमा हुरीपछि हिजोआज १५ जना बढी विद्यार्थी नै आउँदैनन्।’ यस समुदायका अधिकांश घर हुरीले भत्केकाले विद्यार्थी स्कुल आउन नसकेको उनले बताइन्।

दुर्गा आधारभूत विद्यालय जुगेडा ‘ए’ गाउँका शिक्षक मोहन भण्डारीका अनुसार हुरीले प्रभावित घरका बालबालिका स्कुल नआउँदा विद्यालय सुनसान जस्तै बनेको छ। ‘यस समुदायका ५० प्रतिशत विद्यार्थीको घर भत्केकाले उनीहरू स्कुल आउन सकेका छैनन्,’ उनले भने। छोरीको विद्यालय पोसाक उडाएपछि अहिलेसम्म स्कुल जान नमानेको बताउँदै शारदा मावि ‘सी’ गाउँमा कक्षा ९ मा अध्ययरत पार्वती थापाकी आमा पशुपतिले भनिन्, ‘भर्खरै किनेको पोसाक उडाएपछि पुनः अहिल्यै अर्को पोसाक किन्न पैसा नै छैन।’

विद्यालय भवनका छाना उडाएपछि विद्यार्थीलाई गर्मीमा बस्नै गाह्रो हुने शिक्षकहरू बताउँछन्। इन्सेक सुदूरपश्चिम क्षेत्रीय संयोजक खडकराज जोशीले हुरीले मुक्त कमैया, सुकुम्बासी र विपन्न वर्गलाई बढी पीडित बनाएको बताए। उनले भने, ‘हुरीपीडित घरका बालबालिकाको पढाइ प्रभावित बनेको छ।’ गरिब परिवारले नयाँ छानो हाल्न नसकेको बताउँदै उनले भने, ‘न छाना छ, न त खाना नै, यस्तो अवस्थामा पीडित परिवारका बालबालिका कसरी स्कुल जान्छन्।’ आफूहरूको अनुगमनमा हुरीप्रभावित परिवारका बालबालिका स्कुल जान नसकेको पाइएको उनले बताए। हुरीपीडितको सहयोग र राहतका लागि तीनै तहका सरकार उदासीन बनेको उनले जानकारी दिए। विपन्न परिवारका बालबालिका राज्यको उपस्थिति नहुँदा थप जोखिममा परेको बताउँदै उनले भने, ‘गर्मी, खुला आकाशमुनिको बास, शुद्ध पिउने पानी अभावले गर्दा बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित बनेका छन्।’

गत बिहीबार बेलुकीको हुरीले धनगढीमा मात्रै ६ हजार घरमा क्षति पु¥याएको उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडले बताएका छन्। जनप्रतिनिधि घरघर पुगेर क्षतिको विवरण संकलन गरिरहेको बताउँदै उनले भने, ‘धनगढी उपमहानगरपालिकामा मात्रै दर्जनौं विद्यालयमा हुरीले क्षति पु¥याएको छ। धेरै विद्यार्थीका घर भत्केका छन्।’ स्थानीय तहबाट सक्दो राहत र सहयोग उपलब्ध गराउने काम भइरहे पनि यथास्थितिमा ल्याउन आफूहरूले मात्रै नसकिने हुँदा प्रदेश र संघलाई पनि सहयोग गर्न आग्रह गरेको उनले बताए।





यसमा तपाईको मत

अन्य समाचार

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

Ncell Footer Ad