७ वैशाख २०८१ शुक्रबार
समाज

जेसीबीले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु, पाँच घाइते

तस्बिर: दिपेन्द्र ओलीको फेसबुकबाट

काठमाडौं - कञ्चनपुरको भीमदत्त नगरपालिकामा जेसीबीले अटोरिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। शुक्रबार बिहान सात बजेतिर से १ त ७३३ नंको जेसिबीले ठक्कर दिँदा मे १ घ ७६३ नंम्बरको को अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टले जानकारी दिए। मृतक मध्ये बैतडीका २८  वर्षे कृष्ण बोहोरा, ५८ वर्षीया भारतीग नागरिक भारती नागरी र  पोखराकी ३५ वर्षीया बिना रिजाल रहेकाे  विस्टले जानकारी दिए।

घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि भारत पठाइएको प्रहरी नायब निरीक्षक बिष्टले बताए। बाँकी चार जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।

घाइते हुनेमा भीमदत्तनगरपालिका–१० का १८ वर्षीया जगदीश पार्की, बैतडी देहीमाडौँका ३२ वर्षीया लक्ष्मी बोहरा, उनका तीन वर्षीया छोरा निशान्त बोहरा, भीमदत्तनगरपालिका–११ का २६ वर्षीय प्रेम थापा र बेल्डाँडी गाउँपालिका–७ का २६ वर्षीय सन्तोष लुहार रहेको छन्। जेसिबी चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३१ जेष्ठ २०७६ ०३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App