coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

लुम्बिनी र नर्थ पोल च्याम्पियन

काठमाडौं – आयोजक लुम्बिनी र काठमाडौं नर्थ पोल थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेका छन्।नर्थ पोल ब्वाइज तथा लुम्बिनी गल्र्समा पहिलो भए ।

ब्वाइज फाइनलमा नर्थ पोलले डिफेन्डिङ च्याम्पियन गे्रट मायालाई १४–११ ले पराजित ग¥यो।नर्थ पोलको जितमा अमन काम्वाङ लिम्बुले ६ अंक योगदान गरे ।

गल्र्सको उपाधि भिडन्तमा अस्मिता थापाको ८ अंक सहयोगमा लुम्बिनीले मोर्गनलाई १६–८ ले हरायो।ब्वाइजमा नर्थ पोलका अमन काम्वाङ लिम्बु तथा गल्र्समा लुम्बिनीकी सिमरन गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।दुवैले प्लस टु अध्ययनका लागि ६० हजार बराबरको छात्रवृत्ति पाए ।

विजेतालाई फिलिपिन्स राष्ट्रिय बास्केटबल टोलीका खेलाडीद्वय जोय गलिसिया र अलाना लिम तथा लुम्बिनीका भाइस प्रिन्सिपल रविन भट्टराईले एक कार्यक्रमबीच पुरस्कृत गरे।दुईदिने प्रतियोगिताको ब्वाइज र गल्र्समा समान २४–२४ गरी ४८ टिम सहभागी थिए ।

 

प्रकाशित: ३१ जेष्ठ २०७६ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App