coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आयोजकको दोस्रो जित

भ्यालेन्सिनस  – फ्रान्समा जारी महिला विश्वकप फुटबलअन्तर्गत बुधबार भएको खेलमा आयोजकले पाहुना टोली नर्वेलाई हराउँदै लगातार दोस्रो जित निकालेको छ ।

समूह ‘ए’ अन्तर्गत बुधबार भएको खेलमा फ्रान्सले नर्वेलाई २–१ को गोलअन्तरले पराजित गर्दै अपराजित यात्रालाई निरन्तरता दिएको हो । पाहुना टोली नर्वेविरुद्ध जित निकाल्दा फ्रान्सले दोस्रो हाफमा गोल गर्न सफल भएको थियो । पहिलो हाफ गोलरहित बराबरी खेलेको फ्रान्सले दोस्रो हाफमा आक्रामक खेल प्रदर्शन गर्दै जित निकाल्न सफल बनेको थियो । ४६औं मिनेटमा भालिरी गौभिनले गोल गर्दै फ्रान्सेली टोलीलाई सुरुआती अग्रता दिलाउन सफल भएकी थिइन् । तर घरेलु टोलीको अग्रता धेरै समय टिकेन । ५४औं मिनेटमा फ्रान्सकी वेनडाइ रिनार्डले नर्वेको पोस्टमा उपहार गोल दिँदा खेल बराबरीमा आएको थियो ।

पहिलो खेलमा जित निकालेको फ्रान्सले बराबरीपछि स्पष्ट जितका लागि आक्रामक रणनीतिलाई निरन्तरता दियो । ७२औं मिनेटमा युगिनिइले सोम्मरले पेनाल्टी अवसरलाई सदुपयोग गर्दै घरेलु टोलीका लागि पुनः अग्रता दिलाइन् । बाँकी समयमा नर्वे खेलमा फर्किन प्रयास गरे पनि सफल भएन । यससँगै फ्रान्सले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा दक्षिण कोरियालाई ४–० ले हराएको थियो भने जारी विश्वकपमा पहिलो पराजय भोगेको नर्वेले पहिलो खेलमा नाइजेरियामाथि ३–० को जित निकालेको थियो । फ्रान्स लगातार दुई जितपछि ६ अंकका साथ समूह ‘ए’ को शीर्ष स्थानमा छ । पराजित नर्वे ३ अंकका सात दोस्रो स्थानमा छ ।

यस्तै महिला फुटबलअन्तर्गत बुधबारै सम्पन्न अन्य खेलमा नाइजेरियाले दक्षिण कोरियालाई २–० ले हराउँदा जर्मनीले स्पेनलाई १–० ले स्तब्ध बनायो।
दक्षिण कोरियामाथि जित निकाल्न नाइजेरियाले उपहार गोलबाट अग्रता लिएको थियो । दक्षिण कोरियाकी किम दोइयनले २९औं मिनेटमा उपहार गोल दिँदा नाइजेरियाकी ओसोवोलोले ७५औं मिनेटमा एक गोल थप्दै जित सुनिश्चित गरिन् । यससँगै नाइजेरियाले जारी महिला विश्वकपमा पहिलो जित निकालेको छ भने पराजित दक्षिण कोरियाले लगातार दोस्रो हार बेहोरेको छ ।

यस्तै स्पेनविरुद्ध रोमाञ्चक १–० को जित निकाल्न सारा दाइविर्चले ४२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जित हात पारेको  जर्मनीले लगातार दोस्रो खेलमा सुखद नजिता हात पार्दा स्पेनले पहिलो हार बेहोरेको छ । समूह ‘बी’ मा रहेको जर्मनी ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ भने स्पेन ३ अंकका साथ दोस्रो स्थानमा छ । महिला विश्वकपमा शुक्रबार तीन खेल हुनेछन् । पहिलो खेलमा दक्षिण अफ्रिकाले चीनको सामना गर्दा दोस्रो खेल जापान र स्कटल्यान्ड तथा तेस्रो खेल जमैका र इटालीबीच हुँदै छ ।

प्रकाशित: ३१ जेष्ठ २०७६ ०२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App