८ वैशाख २०८१ शनिबार
समाज

काठमाडौंबाट छुटेको बस रामेछापमा दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं - काठमाडौँबाट रामेछापका लागि छुटेको यात्रुबाहक बस दुर्घटना भएको छ। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।घाइते मध्ये ७ जनाको अवस्था गम्भीर छ।

काठमाडौंबाट छुटेको बा २ ख ७२४२ नम्बरको बस  गएराति  लखनपुरको गुराँसेमा दुर्घटना दुर्घटना भएको थियो। दुर्घटनाका घाइते मध्ये दुईजनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाउको छ।

मृत्यु हुनेमा रामेछाप दोरम्बा गाउँपालिका ६ लखनपुरका उद्धव गौतम र हरिबहादुर कार्की रहेका छन्। बस लखनपुरको बराको रुख घुम्तीबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीको भनाइ छ। घाइतेको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। बस सडकबाट तल खसेको छ।

 

 

 

प्रकाशित: ३१ जेष्ठ २०७६ ०२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App