coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

‘प्रेमदिवस’ र ‘झट्का’

काठमाडौं – आज शुक्रबारबाट नेपाली फिल्म हलमा दुई फिल्म ‘प्रेमदिवस’ र ‘झट्का’ रिलिज हुँदैछन्।रियल जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीको अभिनय रहेको प्रेमकथाको फिल्म ‘प्रेमदिवस’मा योगेश घिमिरेको निर्देशन छ ।

एक गरिब युवती र धनी युवकबिचको प्रेममा आइपर्ने उचारचढावलाई मुख्य विषयबस्तु बनाइएको फिल्ममा हेमन्त बुढाथोकी, शिवशंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरूको पनि अभिनय छ ।

फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायांकन छ।मनिष दाहाल निर्माता रहेको फिल्ममा सञ्जय न्यौपाने कार्यकारी निर्माता छन्।प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी छ ।

त्यस्तै पछिल्लो समयमा युवाहरू आपराधिक गतिविधिमा फस्दै गएको कथालाई समेटिएको फिल्म ‘झट्का’मा टेलिफिल्म ‘मेरी बास्सै’मा ‘दाह«ी बा’का रूपमा परिचित कलाकार सुरवीर पण्डित प्रमुख भूमिकामा छन्।रमेश बिसुंखेको कथा, पटकथा र संवाद तथा निर्देशन रहेको फिल्ममा रात्री जीवनको कथा देखाइएको छ ।
फिल्ममा सुरवीर पण्डित, श्यामलाल श्रेष्ठ, मनिता श्रेष्ठ, रक्षा गुरागाईं, इश्वर गुरुङ, उमेश बिसुंखेलगायतका कलाकारको अभिनय रहेको छ।फिल्ममा तुलसीलाल नेवा निर्माता तथा शेखर विसुंखे कार्यकारी निर्माता छन् ।

प्रकाशित: ३१ जेष्ठ २०७६ ०२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App