४ वैशाख २०८१ मंगलबार
खेल

चेल्सीका प्रशिक्षक सर्रीले क्लब छोड्ने पक्का

चेल्सीका प्रशिक्षक माउरिजियो सर्रीले क्लब छोड्ने भएका छन्। वरिष्ठ अधिकारीबीच बिहिबार भएको छलफलमा सर्रिले क्लब छाड्ने विषयको सहमति पत्रमा हस्ताक्षर गरेका छन्। दुवै पक्षको सम्झौता अनुसार ५ मिलियन पाउण्ड भन्दा धेरै क्षतिपुर्ती शुल्कमा सहमती बनेको छ। उनी यूभेन्ट्स जाने भएका छन्।

नोपोलीबाट २०१८ को जुलाईमा तीनवर्षका लागि चेल्सी आएपछि एकवर्षमात्रै क्लबमा बिताएका सर्रीले क्लबलाई गत सिजन प्रिमियर लिगमा तेस्रो बनाउँनुका साथै यूरोपा लिगको उपाधि दिलाएका थिए। प्रशिक्षक सर्रीसँगै यस सिजनमा यसअघि नै स्टार खेलाडी इडन हाजार्डले पनि चेल्सी छोडिसेकेका छन्।

प्रकाशित: ३१ जेष्ठ २०७६ ०१:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App