७ वैशाख २०८१ शुक्रबार
खेल

महिला विश्वकप फुटबलमा ब्राजिललाई अस्ट्रेलियाले हरायो

फ्रान्समा जारी महिला विश्वकप फुटबलमा अस्ट्रेलियाले ब्राजिललाई  ३–२ ले पराजित गरेको छ। बिहीबार राति भएको खेलमा अस्ट्रेलियाले ब्राजिललाई हराएको हो। अस्ट्रेलियाको जितमा फूर्डले एक र लोगार्जोले ५८ औँ मिनेटमा गोल गरिन्। ६६ औँ मिनेटमा ब्राजिलकी हिक्म्यानले आत्मघाती गोल गरेपछि अस्ट्रेलियाको जित पक्का भयो।

ब्राजिलका लागि लागि विएइरा डा सिल्भाले २७ औँ मिनेटमा पेनाल्टी मार्फत तथा रोजेइरा डी रोउजा सिल्भाले ३८ औँ मिनेटमा गोल गरेर सुरुवाति अग्रता दिलाए पनि जित दिलाउन सकेनन्। समूह सी मा रहेका ब्राजिल, इटाली र अस्ट्रेलियाको समान तीन अंक भएको छ। यस्तै समूह बी अन्तर्गत बिहीबार राति नै भएको खेलमा चीनले दक्षिण अफ्रिकालाई १–० ले पराजित गरेको छ।

प्रकाशित: ३१ जेष्ठ २०७६ ००:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App