गुठी विधेयक फिर्ता नलिने प्रधानमन्त्रीज्यू? काठमाडौंका जनता निर्णायक नबनुन्

बिहिबार, ३० जेठ २०७६, २२ : १६ नागरिक

काठमाडौं– नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले गुठी विधेयक तत्काल फिर्ता लिन माग गरेका छन्। बिहीबारको संसद बैठकमा बोल्दै प्रधानले काठमाडौंका जनता सडकमा उत्रिए सरकारले थेग्न नसक्ने चेतावनी समेत दिए। ‘सरकारले हेक्का राखोस्, काठमाडौंका जनता उठेपछि कुनै शक्तिले रोक्न सक्दैन्। यसबारे हाम्रा प्रधानमन्त्री ओलीजी पनि जानकार हुनुहुन्छ’, उनले भने। 

गुठी विधेयक तत्काल फिर्ता भएर संशोधन नगरिए काठमाडौंमा आन्दोलन चर्किने र यसले सरकार मात्रै होइन वर्तमान व्यवस्थालाई कहाँ पुर्याउँछ भनेर भन्न नसकिने उनको चेतावनी छ। ‘अहिले केपी ओली सरकार ढल्ने चिन्ता होइन। काठमाडौंको जनता जुरुक्क उठ्यो भने सबै पार्टी मिलेर ल्याएको संविधानप्रति नै जनताले अनास्था गर्ला भन्ने चिन्ता हो।’ 

राजतन्त्र फाल्ने एजेण्डा आफूहरुको नभएको तर काठमाडौंको जनता जुरुक्क उठ्दा एक क्षणमै फालिएको स्मरण गर्दै प्रधानले भने, ‘पृथ्वीनारायण शाहले पनि यहाँको संस्कृति र सम्पदामाथि सम्मान गरेकाले उनी यहाँ शासन कायम गराउन सफल भए। तर, वर्तमान सरकारले विश्व सम्पदा सूची, राष्ट्रसंघमा सूचीकृति संस्कृति र सम्पदा मास्नेगरी विधेयक ल्याएको छ।

काठमाडौंमा आन्दोलनको हुरी चल्दैछ, बादल गर्जिदैछ। आन्दोलनले संविधान विफल नहोस्। यो विधेयक तुरुन्तै फिर्ता होस्। सरोकारवाला, संस्कृतिविद, पुरातत्वविदसँग छलफल गरेर संशोधन गरियोस। भएन भने आन्दोलन चर्किन्छ, कहाँ पुर्याउँछ भन्न सकिन्न्।’ 

प्रधानले राणा शासन, पञ्चायत र २०६२/०६३ काे जनआन्दाेलनमा पनि काठमाडाैंकै जनताले निर्णायक भूमिका खेलेकाे पनि स्मरण गराए। थप जानकारीका लागि हेर्नुहोस भिडियो:





यसमा तपाईको मत

अन्य समाचार

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (NIBL)ले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ। ...

Ncell Footer Ad