८ वैशाख २०८१ शनिबार
राजनीति

सार्वजनिक यातायातको भाडा बढाउने निर्णय स्थगित

काठमाडौं– यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाउने निर्णय स्थगन गरेको छ। बिहीबार दिउँसो सार्वजनिक सवारीका साधनमा १० देखि १२ प्रतिशतसम्म भाडा बढाउने निर्णय गरेको विभागले थप अध्ययन गर्नुपर्ने भन्दै स्थगन गरेको हो। 

विभागले काठमाडौं उपत्यकामा रात्रीकालिन सार्वजनिक यात्रुबाहक सवारी साधन सञ्चालन गर्ने निर्णय पनि स्थगित गरेको छ।

त्यस्तै, मालबाहक ढुवानीका साधनलाई प्रवेश तथा सञ्चालनमा रोक लगाउने निर्णय पनि स्थगित भएको प्रवक्ता तीर्थराज खनालले जानकारी दिएका छन्। 

विभागले भाडादर बढाएपछि सर्वसाधारणदेखि यातायात व्यवसायीसम्मले नै असन्तुष्टि जनाएका छन्। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App