८ वैशाख २०८१ शनिबार
समाज

जग्गा किर्ते गरेकाे आरोपमा २८ कर्मचारी विरुद्ध मुद्दा

बाँके– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको विभिन्न स्थानका सार्वजनिक जग्गा कीर्ते गरेको आरोपमा २८ जना कर्मचारी विरूद्ध भ्रस्टाचार मुद्दा दायर गरेकाे छ।

बाँकेका विभिन्न स्थानका जग्गा कीर्ते गरेको भन्ने उजुरीमा आयोगले अनुसन्धान गर्दा जग्गा प्रतिवादीहरु मध्ये कौशल भन्ने खैरुल हसन अन्सारी समेतले आफुलाइ गैरकानूनी लाभ र नेपाल सरकारलाई गैर कानूनी हानी पु-याउने बदनियतले मालपोत कार्यालय बाँके र बर्दियाका कर्मचारीहरुलाई अनुचित प्रभावमा पारेको खुल्न आएको हो।

अनुसन्धानमा आपसी योजना,सहमती र संलग्नतामा बदनियतपूर्ण तबरवाट सरकारी मोठ श्रेस्ता नै फेरबदल गरी सरकारी र सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्नेरगराउने कार्य गरेको कार्य गरेको पाइएको हो। आफ्नो पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी सार्वजनिक सम्पत्तिको हानि-नोक्सानी हुने र व्यक्ति विशेषलाइ गैर कानुनी लाभ पु-याउने कार्यमा संलग्न रहेका मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत दीर्घराज पोखरेल भन्ने दीर्घ बहादुर पोखरेल सहित २८ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मालपोत अधिकृतहरु पुष्पा श्रेष्ठ, हेमराज शर्मा र अशोक कुमार भट्टराई, नायव सुब्बाहरु रुद्र बहादुर देवकोटा, टंक प्रसाद शर्मा, राम बहादुर खड्का र मान बहादुर के.सी. कम्प्यूटर अपरेटर यज्ञश्वर वली, सहायक कम्प्यूटर अपरेटर (करार) प्रेम बहादुर चन्द ठकुरी, खरिदारहरु सुशिल रिजाल, संजय कुमार ठाकुर , कुलानन्द राउत र कार्यालय सहयोगी अन्तराम चौधरी ,मालपोत कार्यालय बर्दियाका तत्कालीन कार्यालय प्रमुख कृष्ण प्रसाद ज्ञवाली, मालपोत अधिकृत राम कुमार रोका, नायव सुब्बाहरु कृष्णलाल शर्मा, रविन्द्र बहादुर थापा, खरिदारहरु भुमिराज पोखरेल, किशोर कुमार रिजाल, तुलसी रानी थारु, कम्प्यूटर अपरेटर (करार) लक्ष्मी मल्ल र कार्यालय सहयोगी सूर्य प्रसाद उपाध्याय तथा कौशल भन्ने खैरूल हसनअन्सारी, हसरतुन निसा अन्सारी,लाली मल्ल, बिरू भन्ने बृहस्पति खड्का र पप्पु धोवी रहेका छन्।

प्रकाशित: ३० जेष्ठ २०७६ १३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App