coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष गम्भीर घाइते

बैतडी– बैतडीको पुर्चौडी नगरपालिका वडा नं.४, भटनाका वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्ट मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका छन्। बुधबार साँझ नगरपालिकाबाट घर जाने क्रममा  मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ। 

पुर्चौडी नगरपालिका वडा नं. ५ को बा२ब २५२ नम्बरको सरकारी मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए। 

घाइते भट्टको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा उपचार भइरहेको छ। उनको टाउकोमा गम्भीर चोट रहेको बताइएको छ।

प्रकाशित: ३० जेष्ठ २०७६ १३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App